टिप्पर तीव्र गतिमा हुइँकिँदा प्रविणको मृत्यु
नेपालबहस संवाददाता
फागुन ६, २०७६ मंगलबार १५:१५:२१
६ फागुन काठमाडौं । टिप्पर तीव्र गतिमा हुइँकिँदा गएराती एक जनाको मृत्यु भएको छ । गएराति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा ४० वर्षीय प्रविण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा गए राति नै ज्यान गएको हो । ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका थिए र उनी सडक पेटिमा सुतिरहेका थिए ।
दुई हप्ताअघि मात्रै कलङ्कीको अण्डरपासमा टिप्परकै ठक्करबाट दुई जनाको ज्यान गएको थियो । माघ महिनामै तनहुँ, सुर्खेत, कञ्चनपुर र नवलपरासीमा पनि टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक र पैदलयात्रुको ज्यान गएको थियो ।
ट्राफिक नियमको उल्लङ्घन गर्दै तीव्र गतिमा चलाएकै कारण टिप्परले ठक्कर दिने र ज्यान लिने क्रम बढेको भन्दै जताततै विरोध हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार