भाइवाङखोलामा झोलुङ्गे पुल निर्माण, खोलाबाट गाडी तार्नुपर्ने समस्या हट्यो
नेपालबहस संवाददाता
फागुन ६, २०७६ मंगलबार १५:३८:२५
६ फागुन म्याग्दी । म्याग्दीको मङ्गला र मालिका गाउँपालिको सिमानामा पर्ने दुखुखोलामा मोटर चल्ने र मङ्गला–२ को भाइवाङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । दुवै पुलको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलामा रु दुई करोड छ लाखको लागतमा २० मिटर लम्बाइ र छ मिटर चौडाइ भएको मोटर चल्ने पुल निर्माण भएको इञ्जिनीयर सन्तोष अर्यालले बताए ।
पुल बनेपछि खोलाबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । बर्खायाममा सवारी आवतजावत अवरुद्ध हुने समस्या हटेको अध्यक्ष रोकाले बताए । बेनीदेखि बाबियाचौरसम्म र लाम्पाटादेखि दरवाङ दुई खण्डमा कालोपत्रको तयारी भएको पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए । दरवाङदेखि ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत पहिलो चरणमा दरवाङदेखि सात किलोमिटर ग्राभेल गर्न ठेक्का प्रक्रिया अघि बढाएको बताए।
दुई वर्षअघि शुरु भएको बेनीदेखि बाबियाचौरसम्मको सडकको हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ । गत जेठमा ठेक्का लागेको लाम्पाटादेखि दरवाङ खण्डको स्तरोन्नतिको २० प्रतिशत भौतिक प्रगति भएको छ । यसैगरी मङ्गला गाउँपालिका–२ को काफलचौर र कोत्रवाङको सिमानामा पर्ने भाइवाङखोलामा रु ४७ लाख ८८ हजार ४६० को लागतमा १०४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुलबाट कोक्रवाङ, भाइजाङ, ¥यालेखोर, कुहुँ, भरजुला, भाइवाङका १४३ घरधुरीका ८५८ जनसङ्ख्या लाभान्वित भएका गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
मन्त्री बस्नेतले सोमबार नै मङ्गला गाउँपालिका–२ सिमलचौर र ३ पखरेको सिमानामा पर्ने लुलियाघाटस्थित म्याग्दी खोलामाथि पूर्वाधार विकास कार्यालयले बनाउन लागेको झोलुङ्गे पुलको शिलान्यास गरे । मन्त्री बस्नेतले विकास आयोजनामा गुणस्तरहीन काम र ढिलासुस्ती सह्य नहुने बताए । सरकारले समयमै पर्याप्त बजेटको व्यवस्थापन गरेको बताउँदै विकास आयोजनामा उत्पन्न हुने सामाजिक समस्या समाधानका लागि स्थानीय तह र जिल्लास्तरबाट समन्वय हुनुपर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार