नेपालमा भित्रियो ‘पार्टी बस’ : बसभित्रै डिजे, बार, धूम्रपान कक्ष र शौचालयको सुविधा
नेपालबहस संवाददाता
फागुन ६, २०७६ मंगलबार १५:५२:४१
६ फाल्गुण, काठमाडौं । डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको बसमा यात्रा गर्नुभएको छ ? छैन भने अनुभव लिन तयार हुनुहोस् ।
यस्तै खाले अन्तर्क्रियात्मक गतिविधि समेटिएको पार्टीबस पहिलो पटक काठमाडौं भित्रिएको छ । गुड्दै गरेको बसमा पार्टी आयोजना गर्ने भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर नेपालमै यस्ता बसको सञ्चालन शुरूवात भएको हाे ।
‘पार्टी अन ह्वील’ अर्थात् गाडीमा पार्टी आयोजना गर्ने सोचसहित नेपालमा त्यस्ता दुई बस सञ्चालनमा आएको बीबीसीले उल्लेख गरेको छ । विभिन्न समारोहका लागि डीजेको सङ्गीत र पेयपदार्थको सुविधासहित पार्टी गर्ने मिल्ने ती बस भारतमा बनेको समाचारमा जनाइएको छ ।
‘पार्टी बस नेपाल’का सञ्चालक रमेश काफ्लेका अनुसार अहिलेका लागि बसले काठमाडौं उपत्यकाका विभिन्न चार ठाउँमा मानिसहरूलाई चढाउने र ओराल्ने गर्नेछ। त्यसका लागि अग्रिम बुकिङ गर्नुपर्ने हुन्छ।
बसभित्र छिर्दा नै कुनै बार वा क्लबमा पुगेजस्तो देखिन्छ । बसमा बार, म्यूजिक सिस्टम, छुट्टै स्मोकिङ क्याबिन, डान्स फ्लोर, टेलिभिजन, मोबाइल चार्जिङसहित एयर कन्डिसनरसहित वाईफाईको सुविधा राखिएको छ । ४० सिटको बस भए पनि ३० जनासम्म मात्रै बस्ने गरी सोफाहरु राखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार