कर्तज्य ज्यान मुद्दाका कैदी मृतावस्थामा फेला
नेपालबहस संवाददाता
फागुन ६, २०७६ मंगलबार १८:३३:५९
६ फाल्गुण, काठमाडौं । अछाम जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् ।
आज बिहान ढिलोसम्म उनि नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण गरिने जनाइएको छ । मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।
कर्तज्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार