दोश्रो बजारमा आज नाफा बुक हुँदा दैनिक बजार बिश्लेषणले के देखाउँछ ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
फागुन ६, २०७६ मंगलबार २१:५९:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/graph-9_2LC4Q1Vmr5.png)
६ फाल्गुण, काठमाडाैं । आज दोश्रो बजारमा केही ट्रेडरहरुले नाफा बुक गरेको प्रस्ट देखियो । बजारमा सामान्य अंकको वृद्धिसँगै कारोवार रकम २ अर्ब १२ करोड पुगेको छ । दोश्रो बजारमा १ दशमलव ७७ अंकको वृद्धि देखिएको छ । नेप्से परिसुचक शुन्य दशमलव १३ प्रतिशतले वृद्धि हुँदै १४०० दशमलव ०१ को विन्दुमा बन्द भएको छ ।
आज सबैभन्दा धेरै म्युचुअल फण्ड उपसुचकमा वृद्धि देखिएको थियो । म्युचुअल फण्ड उपसुचकमा १ दशमलव ९६ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै वाणिज्य बैंकको उपसुचकमा शुन्य दशमलव ६३ प्रतिशतको वृद्धि देखिएको छ । आज होटल उपसुचकमा सर्वाधिक १ दशमलव ७१ प्रतिशतको गिरावट देखिएको छ।
आज शेयरबजारले ११ बजेर १२ मिनेटमा १४१६ दशमलव ८८ को उच्च विन्दु समातेको थियो भने २ बजेर ३९ मिनेटमा १३८७ दशमलव ६९ को न्यून विन्दु समातेको थियो। बजार बीचमा केही घटेपनि बजार १४०० मनोवैज्ञानिक टेवा भन्दा माथि बन्द भएको छ।
आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध: १४०६ पहिलो टेवा: १३८७
- नेप्सेले १३६० को मुख्य प्रतिरोधलाई तोडेपछि बजार बढेको छ। आज बजारमा खरिदकर्ता र विक्रीकर्ता दुबैको चाप रहेको देखिन्छ।
- आजको बजारले “डोजी” मैनबत्तीको चित्र बनाएको छ। यसले बजारमा लगानीकर्ता अन्योल रहेको जानकारी गराउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ७५ दशमलब ७० को बिन्दुमा छ। यो अक्सिलेटरले बजारमा शेयर बढी खरिद हुन थालेको जनाएको छ।
- “एडिएक्स” सामान्य रहेको छ भने जोड र बेजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गरेको छ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्ति सकारात्मक रहेको जनाएको छ। नेप्से बढेमा पहिलो प्रतिरोध १४०६ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३८७ को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार