आर्थिक समृद्धिको पहिलो आधार कृषि हो : उपराष्ट्रपति पुन
नेपालबहस संवाददाता
फागुन ६, २०७६ बुधबार १:५:०
६ फाल्गुण, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि भएको बताएका छन् ।
आज कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगर–११ को गाग्रेतालस्थित नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यमिक विद्यालयको एकीकृत जैविक कृषि मोडेल फार्म प्रदर्शनी तथा अनफार्म अनुसन्धान प्लट स्थापना तथा सञ्चालनको उद्घाटनमा उपराष्ट्रपति पुनले आर्थिक समृद्धिको पहिलो आधार कृषि भएको बताए ।
कार्यक्रममा उपराष्ट्रपति पुनले आधुनिक प्रविधिद्वारा मात्र कृषिको विकास हुने बताए । “आधुनिक प्रविधिद्वारा कृषिको विकास जरुरी छ । आधुनिक उत्पादन तथा औद्योगिक क्रान्ति गरेर मात्रै नेपालको समृद्धि सम्भव छ”, उन्ले भने। “पहिला यहाँको उत्पादन बाहिर जान्थ्यो, अहिले बाहिरको वस्तु आउने गरेको छ । अर्बौं पैसा बाहिर जाने गरेको छ । गाउँमा बाँझो जमिन बढ्दै गएको छ । अब यो समस्या समाधान गर्न समग्र कृषिको आधुनिकीकरण गर्न जरुरी छ”, उपराष्ट्रपति पुनले भने ।
कृषिलाई पहिलो प्राथमिकतामा पारेर अगाडि बढ्न सके समृद्धिको आधार थप बलियो हुने उनले बताए । विषादिरहित उत्पादन हाम्रो प्राथमिकतता हुनुपर्ने भन्दै उपराष्ट्रपति पुनले विषादिरहित खाद्यान्न र तरकारी उत्पादन गरेर नमूना बन्न कर्णाली प्रदेशलाई सुझाए । कर्णाली प्रदेशबाट जैविक कृषिको आधार तयारको अभियान शुरु भएको भन्दै उहाँले जैविक कर्णाली प्रदेश कृषिमा नमूना प्रदेश बन्ने विश्वास व्यक्त गरे । उनले विद्यालय परिसर आँप र फर्सीको बिरुवा रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । विद्यालयले निर्माण गरेको जैविक मल, वेष्ट डिकम्पोजर र जीवामृतलगायतका नमूना कामको अवलोकन गरेका थिए।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, कर्णाली प्रदेशसभा सदस्य पदमा खड्का, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, कृषि सचिव राजेन्द्रप्रसाद भारीलगायतका कर्मचारीको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार