अफगानिस्तानको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि घानी निर्वाचित
नेपालबहस संवाददाता
फागुन ६, २०७६ बुधबार ५:१४:४
६ फागुन एजेन्सी । अफगानिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २८ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा मङगलबार घोषणा गरेको छ । आयोगले राष्ट्रपति मोहम्मद अशरफ घानीलाई दोस्रो कार्यकालमा पदमा रहन विजयी भएको घोषणा गरेको छ ।
“मोहम्मद अशरफ घानीले राष्ट्रपति चुनावमा ५०.६४ प्रतिशत मत प्राप्त गरेको छ त्यसैले स्वतन्त्र निर्वाचन आयोगले उहाँलाई अफगानिस्तानको निर्वाचित राष्ट्रपतिको रूपमा घोषणा गर्दछ ।” निर्वाचन आयोगका प्रमुख हवा आलम नुरिस्तानीले एक पत्रकार सम्मेलनमा भने ।
घानीको प्रतिद्वन्द्वी र उनको राष्ट्रिय एकता सरकारका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्ला ३९.५२ प्रतिशत मतसाथ घानीका निकटतम प्रतिद्वन्द्वी बनेको आयोगले जनाएको छ । २००१ को अन्तमा तालिबानी शासनको पतनपछि अफगानिस्तानको चौथो राष्ट्रपति चुनाव सेप्टेम्बर २८ मा कडा सुरक्षाबीच सम्पन्न भएको थियो भने एक दर्जन भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भउको थियो ।
राष्ट्रपति चुनावको प्रारम्भिक नतिजा डिसेम्बरमा घोषणा गरिएको थियो जसमा घानी पहिलो स्थानमा थिए र उनका प्रतिद्वन्द्वी अब्दुल्ला दौडमा दोस्रो स्थानमा नै थिए । मतदानका लागि ९४ लाख मतदाता योग्य मानिए पनि मतदानमा १९ लाखको सहभागिता रहेको थियो । अधिकांश ग्रामिण इलाका र तालिवान विद्रोही नियन्त्रित सहरहरूमा पनि निकै थोरै मतदाताले भोट हालेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार