कोरोना भाइरसका अधिकांश सङ्क्रमण मध्यम
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार १६:२६:३८
७ फागुन एजेन्सी । चीनमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित धेरैजसो मानिसहरूमा हल्का प्रकारका सङ्क्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणको जोखिम प्राय वृद्ध बिरामीहरू र कमजोर स्वास्थ्य अवस्था भएका मानिसहरूलाई रहने गरेको पाइएको उनीहरूले बताएका छन् ।
गत वर्ष मध्य चीनको वुहान शहरमा देखा परेकोले कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका एक हजार ९०० व्यक्तिको मृत्यु भएको र अहिलेसम्म चीनमा करिब ७२ हजार व्यक्तिमा यसको सङ्क्रमण पुष्टि भएको छ । चिनियाँ सरूवा रोग विशेष एक जर्नलमा प्रकाशित एक आलेखमा सङ्क्रमण पुष्टि भएका, आशङ्का गरिएका, चिकित्सकीय परामर्श लिएका ७२ हजार ३१४ व्यक्तिको रोगको प्रकृतिबारे फेब्रुअरी ११ तारिखसम्म गरिएको अनुसन्धानबाट गरिएको थियो । अधिकांश बिरामीले आफूलाई कतिबेला सङ्क्रमण भयो भन्ने जानकारी नै नभएको तर लक्षणहरू देखा परेर अस्पताल पुग्दा समस्या जटिल भइसकेको भेटिएको जनाएका थिए ।
यो डिसेम्बरमा प्रकोप शुरू भएको नयाँ कोरोना भाइरसका बिरामीहरूमा गरिएको सबैभन्दा ठूलो अध्ययन भएको चिनियाँ अधिकारीले बताएका छन् । यहाँ रोग नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्र (सीसीडीसी)द्वारा गरिएको अध्ययनको रिपोर्टका अनुसार वृद्ध र कमजोर स्वास्थ्य भएका बिरामीमा यसको सङ्क्रमण धेरै देखिएको छ । अध्ययनले ८०.९ प्रतिशत सङ्क्रमणलाई हल्का, १३.८ प्रतिशत समस्यालाई गम्भीर र ४.७ प्रतिशतलाई उच्च खतरायुक्त जोखिमका रूपमा वर्गीकृत गरिएको छ । सङ्क्रमणबाट सबैभन्दा बढी ८० वर्ष र त्योभन्दा माथिको उमेर समूहका वृद्धवृद्धाको मृत्यु भएको बताइएको छ । यो उमेर समूहका नागरिकको मृत्यु कोरोना भाइरसबाट सङ्क्रमित कूल प्रतिशतको १४.४ प्रतिशत रहेको जनाइएको छ ।
अध्ययन अनुसार मुटुसम्बन्धी बिरामीहरू नयाँ कोरोना भाइरसको जटिलताबाट मर्ने सम्भावना धेरै भेटिएको छ भने मधुमेह, दीर्घ श्वास रोग र उच्च रक्तचापका बिरामीहरूमा पनि जोखिम उच्च देखिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेमा नौ वर्षभन्दा तलका बालबालिका नरहेको भेटिएको छ । तर दुई शिशुमा उनीहरूको आमाबाट सङ्क्रमण भएको थियो । त्यस्तै नौ देखि ३९ वर्ष उमेर समूहका नागरिकमा सङ्क्रमणको प्रतिशत ०.२ रहेको उल्लेख छ । सङ्क्रमणको जोखिम उमेरले जति पाको भयो त्यति बढी भेटिएको छ ।
नयाँ कोरोना भाइरसको सङ्क्रमण ४० देखि ५० वर्ष उमेर समूहमा ०.४ प्रतिशत, ५० देखि ६० वर्षमा १.३ र ६० देखि ७० वर्षमा ३.६ प्रतिशत र ७० देखि ८० वर्षका नागरिकमा ८.० प्रतिशत रहेको अध्ययनले देखाएको छ । सङ्क्रमणका कारण मृत्यु हुनेमा अध्ययनका लागि नमूना बनाइएका कूल बिरामीको २.८ प्रतिशत पुरूष र १.७ प्रतिशत महिला रहेका छन् । भाइरसका कारण समग्रमा मृत्यु दर २.३ प्रतिशत रहेको छ ।
सङ्क्रमित व्यक्तिको ८६ प्रतिशत व्यक्ति कि त वुहानका बासिन्दा रहेको वा वुहान भ्रमण गरेका भेटिएको छ । वुहानको जङ्गली जनावरको मासु बेच्ने ‘सीफुड’ बजार नै समस्याको मुख्य कारण भएको बताइएको छ । समस्या उत्पन्न भएको भनिएको चीनको मध्यक्षेत्रको हुबेई प्रान्तको राजधानी र वरपरका क्षेत्रलाई जनवरी २३ गतेदेखि अन्य क्षेत्रको प्रत्यक्ष सम्पर्कबाट अवरूद्ध बनाइएको छ ।
रिपोर्टमा कूल तीन हजार १९ जना स्वास्थ्यकर्मीहरूको लक्षणका आधारमा सङ्क्रमण परीक्षण भएको र यसमध्ये एक हजार ७१६ जनामा सङ्क्रमण पुष्टि भएको छ । फेब्रुअरी ११ सम्ममा पाँच जना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो भने मङ्गलबार वुहानमा रहेको एक अस्पतालका निर्देशकको मृत्यु भएको छ ।
तथ्याङ्क अनुसार स्वास्थ्यकर्मीमध्ये एक हजार ६८८ लाई गम्भीर खालको सङ्क्रमण देखिएको छ भने उनीहरूमध्ये अधिकांश अर्थात् ६४ प्रतिशत स्वास्थ्यकर्मी वुहानमा कार्यरत हुन् । तर सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या जनवरी २८ मा ३८.९ प्रतिशत पुगेकोमा फेब्रुअरीको पहिलो सातामा नै १२.७ प्रतिशत झरेको थियो ।
वुहानका एक आँखा रोग विशेषज्ञ लि वेनलियाङलाई भाइरसबारे बाहिरी बजारमा हल्ला फैलाएको भन्दै ‘अधिकारीले सजाय दिएका कारण’ मृत्यु भएको भन्ने पश्चिमी मुलुकका कतिपय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लि वेनलियाङलाई पनि कोरोनाको सङ्क्रमणका कारण उपचार हुँदै गर्दा मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् । रोको प्रकोप जनवरी २४ देखि २६ सम्ममा उच्च विन्दुमा पुगेको तर पछिल्ला दिनहरूमा क्रमशः घट्दै गएको चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख छ । नयाँ रोगी आउने क्रम फेब्रुअरी ११ पछि घट्दो क्रममा रहेको छ ।
नयाँ वर्ष मनाउन लाखौँ चिनियाँहरू घर फर्केका कारण भाइरस देशभर फैलिएको थियो । विज्ञहरूले धेरै मानिसहरू बिदाबाट फर्किदा देशले ‘महामारीको सम्भावित पलटाव’ को लागि तयारी गर्नुपर्ने चेतावनी दिएका छन् । कोरोनाभाइरसले ‘समय बित्दै जाँदा अझ बढी विषालु बन्न सक्छ’ भन्ने रिपोर्टले चेतावनी दिन्छ र डाक्टरहरुलाई ‘सतर्क रहन’ आग्रह गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार