अस्पताल बन्दा स्थानीयवासीमा खुशी
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार १७:१३:९
७ फागुन काठमाडौं । डोटी जिल्लाको जोरायल र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ श्ययाको अस्पताल बन्ने भएको छ ।
जोरायलको प्राथमिक स्वास्थ्य केन्द्र सरस्वतीनगर र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखाडा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाइने भएको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र यहाँका सबै स्थानीय तहमा न्यूनतम १५ श्ययाको अस्पताल निर्माण गर्ने कार्यक्रम छ । जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शैयाका अस्पताल बन्ने भएपछि त्यहाँका स्थानीयवासी निकै खुशी भएका छन् ।
उक्त कामका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने जनाइएको छ । त्यसको सफल कार्यान्वयनका लागि विभिन्न मन्त्रालयसँगको राय एवं परामर्शपछि कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइनेछ । उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्राधिकारभित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई १५ र २५ श्ययामा स्तरोन्नतिको प्रक्रिया अघि बढाइदिन भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए ।
सम्बन्धित स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका र नरहेका स्थानीय तहमध्येबाट प्राथमिक अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट अस्पतालमा स्तरोन्नति लागि सिफारिस आएका स्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्न लागिएको छ । जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा १५ शैयाका अस्पताल बन्ने भएपछि यहाँ निकै खुशी छाएको स्थानीयवासी बमबहादुर बमले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार