सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार २१:५६:४८
७ फागुन काठमाडौं । सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाको आयोजनामा गत माघ २८ देखि फागुन ५ गतेसम्म तातोपानीस्थित तातोपानी आधारभूत विद्यालयमा गाउँपालिकाका १० विद्यालयका विद्यार्थीले कला प्रशिक्षण लिएका छन् । विशेषज्ञ चित्र–कलाकार डा रामकुमार भौकाजीबाट दिइएको सो प्रशिक्षणमा ३३ विद्यार्थी सहभागी थिए ।
आवासीय रुपमा दिइएको प्रशिक्षणमा चित्रकला सिर्जनासम्बन्धी अत्याधुनिक शिक्षण प्रणालीअनुसार चित्रकलाको आधारभूत, सैद्धान्तिक तथा व्यावहारिक शिक्षा दिइएको थियो । चित्रकलासम्बन्धी यस्तो प्रशिक्षण सिन्धुपाल्चोकमा पहिलो पटक भएको बताइएको छ । नेपालको चित्रकला शिक्षामा ऐतिहासिक महत्व राख्ने सो कार्यक्रमको मूल उद्देश्य भोटेकोशी क्षेत्रको प्राकृतिक दृश्य, नेपाल र नेपालीको पहिचान दिने सम्पदा, विविध संस्कृति र संस्कार तथा सामान्य जीवनलाई चित्राङ्कित गरेर विश्वसामु प्रकाशमा ल्याउनु रहेको डा भौकाजीले जानकारी दिए ।
प्रशिक्षण समापन समारोहमा गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले एकहप्ते चित्रकला प्रशिक्षण अवधिमा बालबालिकाबाट सिर्जना गरिएका चित्रकलामा परिवर्तन आएको आफूले पाएको बताए । आफ्नो गाउँपालिकाले भविष्यमा बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न यस्तै प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि उनले दिए ।
गाउँपालिकाका उपाध्यक्ष बादुकी शेर्पा लामाले बालबालिकामा निहित गुणको पहिचान गर्न गाउँपालिकाले ध्यान दिएको बताए। प्रशिक्षक डा भौकाजीले गाउँपालिकाले बालबालिकाको सिर्जनात्मक विकासका लागि देखाएको तत्परता सकारात्मक रहेको बताउँदै नेपालका गाउँपालिकामध्ये भोटेकोशी नै बालबालिकालाई चित्रकला सिकाउने पहिलो गाउँपालिका भएको जिकिर गरे । प्रशिक्षणका लागि तातोपानी आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण नेपाल, तातोपानी शैक्षिक सुधार समितिका अध्यक्ष चेङ्गा शेर्पा, गाउँपालिका वडा नं २ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, रेडक्रस तातोपानीका अध्यक्ष विष्णु श्रेष्ठलगायतले संयोजन गरेका थिए ।
बालबालिकाले दुगुनागढी, देउराली र लिस्तिकोटमा स्थलगत रुपमा सिर्जना गरेका १८० चित्रकलामध्ये ८० चित्र पनि प्रदर्शनी गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार