नगरपालिकामा नमस्कारसहितको सेवा गर्ने प्रतिबद्धता
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार २२:१८:४४
७ फागुन काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवा प्रवाहलाई मानव अधिकारमुखी बनाउन सेवाग्राहीलाई प्रथम नमस्कारसहितको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।
आज यहाँ एफएमडिसी, विकास र परिवर्तनका लागि सञ्चारले आयोजना गरेको ‘मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड’ विषयक सचेतना कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सेवाग्राही र सेवा प्रदायक निकायबीच सुमधुर सम्बन्ध बनाउनका लागि कर्मचारीले सेवाग्राहीसँग अभिवादन तथा समानजनक व्यवहार, छिटो र छरितो सेवा प्रवाह, भलाकुसारी तथा सम्बन्ध विस्तार, असम्भव पक्षलाई विकल्प दिने, सेवा पृष्ठपोषण लिने, सेवाग्राहीसँग सेवाबारे अप्रत्यक्ष रुपमा छलफल गर्नेलगायतका विषयमा जोड दिइएको छ ।
गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले विगतमा सेवाग्राही कार्यालयमा आउँदा सेवाग्राहीले नै सुरुमा नमस्कार गर्ने गरेको र अबका दिनमा व्यावहारिक पक्षलाई ध्यान दिँदै नमस्कार गरेर स्वागत गर्ने बताए।
उनले सेवाग्राही र सेवा प्रदायी निकायबीच सुमधुर सम्बन्ध भई काम कारवाहीमा पनि सहज हुने उल्लेख गरे । एफएमडिसीका कार्यकारी निर्देशक उमीदबाग चन्दले गौरीगङ्गा नगरपालिकालाई एक वर्षभित्र मानव अधिकारमैत्री नगरपालिका बनाउन एफएमडिसी र नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी र मापदण्ड विषयमा छलफल गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार