वर्तमान सरकार सबै नेपालीको हुन सकेन : पूर्वमन्त्री बडूको आरोप
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार २२:४६:३
७ फागुन काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन् ।
प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ ।”
नेता बडूले भ्रष्टाचारीलाई कारवाही गर्नमा काँग्रेसको विरोध नभएको तर कानूनको प्रयोग विभेदपूर्ण भएकामा काँग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै न्यायालयले सही र गलत छुट्याउला तर त्यहाँ पु¥याउने बाटो नै गलत भयो भने ।
सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको नभएको भन्दै सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे । पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना समयमै बन्नुपर्ने उनको धारणा छ ।
नेता बडूले एमसिसी नेपालको विकासका लागि भएको बताउँदै प्रजातन्त्र संस्थागत गर्न विकास र समृद्धि पहिलो आवश्यकता रहेको छ भने । काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको ? भन्ने प्रश्नमा बडूले सरकारका गलत कामको विरोध रचनात्मक रुपमा भइरहेको र काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निभाइरहेको प्रतिक्रिया दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार