एक आँखो प्रेस हुँदैन , एक आँखो चिम्लिने त शिकारी हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बुधबार २३:२५:५३
७ फागुन काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् ।
गोरखापत्र प्रकाशनद्वारा आज आयोजित कोहलपुर संस्करणको शुभारम्भ समारोहमा उनले सरकारले दिनदिनै नयाँ र दीर्घमहत्वका काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै गएको बताए ।
“समृद्धि र सुख कुनै बाटो, पुल, खानेपानी र ढल जस्तो होइन, यो एउटा राष्ट्रिय चिन्तन प्रणालीसहितको लम्बेयात्राका रुपमा बुझ्नु पर्दछ”, उनले भने, “मान्छेहरु भन्छन् जनता निराश भएको छ । केही भएन । आलोचना गर्न पाइन्छ तर, भएका काम देखाउन नसक्ने कुराले चाहिँ वास्तवमा पछि असत्य सावित हुन्छ र हामी त्यसैको प्रतीक्षामा छाँँै।”
मन्त्री बाँस्कोटाले सरकारप्रति जनता खुशी रहेको र अझै खुशी बनाउन लागि परेको बताउँदै “सम्पूर्ण सफलता हासिल गरेका छैनौँ । शुरुआत हो । अहिलेको सरकार चटके सरकार होइन । हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँ भने ।”
उनले सरकारले हरेक दिन देश एककदम अगाडि बढ्ने गरी काम गरिरहेकाले अब देश पछाडि फर्किन नसक्ने बताए । “सरकारले काम गरिरहेको छ, एउटा त आजैको गोरखापत्र कोहलपुर संस्करणको कुरा हेरौँन । यो पनि काम हो । त्यसैले हामीले भनेका छौँ, हरेक दिन एककदम अगाडि । अब देश पछाडि फर्किन सक्दैन”, मन्त्री बाँस्कोटाले भने ।
गोरखापत्र सरकारी नभई जनता र राज्यको भएको उल्लेख गर्दै उनले भने, “गोरखापत्र सरकारी होइन । गोरखापत्रले सबैका कुरा समेट्छ । सबैका कुरा यसमा आउँछ, पढ्दै नपढेर सरकारीकरण ग¥यो भन्नु गलत कुरा हो ।”
मन्त्री बाँस्कोटाले विगतमा अन्य दलले सञ्चारमाध्यमको दुरुपयोग गरे पनि अहिले त्यस्तो अवस्था नरहेको उल्लेख गर्दै “विगतका सरकारले जे जस्तो गरे पनि हामीले त्यसो गरेका छैनाँै भने ।”
हरेक देशमा मिडिया सरकारको पनि हुने गरेको प्रसङ्ग जोड्दै उनले नेपालमा केही भयो भने राज्यको आधिकारिकताको लागि स्वतन्त्रतासहित एउटा राज्यको मिडियाको रुपमा गोरखापत्रलाई विकास गर्न खोजेको उनले बताए ।
मन्त्री बाँस्कोटाले गौरवपूर्ण इतिहासलाई वर्तमानका चुनौतीसँग एकाकार गराएर गोरखापत्र मिडियाको बजारमा सरकारको साँख र काखमा हुर्केर होइन, प्रतिष्पर्धा र पहलकदमीको आधारमा श्रेष्ठ बन्नुपर्ने बताए ।
“यो सत्ता पक्षको होइन, जनताको प्रिय पत्रिका बन्छ । त्यसैको सिलसिलामा विराटनगरमा पक्की भवन र छापाखानासहित प्रकाशन शुरु गरिसकेको र कोहलपुरमा पनि भवन बनाउनका लागि बोलपत्र भइसकेको छ”, उनले भने, “सडकका खाल्डा देखाउन गोरखापत्रले डराउनु पर्दैन तर पिच गरिरहेको छ भने त्यो पनि देखाउन सक्नुपर्दछ ।”
“एक आँखो प्रेस हुँदैन । एक आँखो चिम्लिने त शिकारी हुन्छ । प्रेसले चाहिँ दुईवटै आँखा खुल्ला गर्नु पर्दछ”, उनले भने, “तर अहिलेको प्रवृत्ति कस्तो छ भने शिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ, तर जति ठोके पनि केही फरकै पर्दैन । हामी काम गरिरहन्छौँ र काम गर्न छोड्दैनौँ ।”
मन्त्री बाँस्कोटाले मिडिया क्षेत्रमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै अब मिडिया यति सवल हुँदैछ कि वास्तविक रुपमा हामीले नेपाली प्रेसको आर्थिक सवलीकरणको मुद्दालाई उठाएका छौँ, विज्ञापन ऐनमार्फत त्यसलाई हामीले सुदृढीकरण गरेका छाँै अगाडि बढाएका छौँ भने ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले देशको सम्पत्तिलाई हिनामिना गर्ने जो कोहीलाई पनि कानून, तथ्य, प्रमाण र बेइमानीका हदहरुको आधारमा सरकारले निर्ममतापूर्वक कारवाही अगाडि बढाउने बताए ।
उनले भने, “देश बदल्ने बेला यही हो यति बलियो सरकार भएको बेला नबदलेर कहिले बदल्ने । पूर्वाग्रह नराखिकन तथ्यपूर्ण तरिकाले सरकार अगाडि बढ्छ, बेथिति रोक्दै गएपछि समृद्धिका आधारशिला निर्माण हुँदै जान्छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार