समृद्धिका पक्षमा कलम चलाउन जरुरी छ : मुख्यमन्त्री भट्ट
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बिहिबार ०:२८:३८
७ फागुन काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समृद्धिका पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
राष्ट्रिय समाचार समिति(रासस)को ५९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘समृद्धि प्राप्तिमा सञ्चारको भूमिका’ विषयक अन्तक्र्रियामा मुख्यमन्त्री भट्टले शहरमा मात्र केन्द्रित नभएर ग्रामीण क्षेत्रका गुमनाम रहेका विविध मुद्दासमेत उठाउन आग्रह गरे ।
नयाँ राज्य व्यवस्थामा नयाँ तरिकाले सोच, व्यवहार, कार्यशैली देखाउनु जरुरी रहेकामा जोड दिदै उनले भने, “सामूहिक जिम्मेवारीमा रहेकाले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपर्छ ।” मुख्यमन्त्री भट्टले अहिलेको व्यवस्थालाई कसरी समृद्धिको बाटोमा लैजान सकिन्छ भन्ने महत्वपूर्ण कुरा रहेको भन्दै उनले यो व्यवस्थालाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले राष्ट्रिय स्वाभिमान र हितका पक्षमा सञ्चार क्षेत्र प्रयोग हुनुपर्ने बताए । राजनीति र सञ्चार एकअर्काका परिपूरक शक्ति रहेको भन्दै उनले भने, “राजनीतिक नेतृत्वलाई साथ दिँदा समृद्धि आउँछ ।”
सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले राष्ट्रका पक्षमा सत्यतथ्य विश्वसनीय समाचार पस्किन आग्रह गरे । नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सबै सम्प्रदायका मान्छेलाई एकताबद्ध गर्दै राष्ट्रिय एकताको भावना कायम गराउने काममा सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने सुझाव दिए ।
राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य मालामतिकुमारी रानाथारुले मिडियाले दलगत भावनावाट मुक्त भई काम गर्नुपर्ने बताए । प्रदेश सरकारका प्रमुख सचिव बालकृष्ण घिमिरे राज्यको चौथो अङ्ग पत्रकारिताले सबैलाई तोड्ने नभई जोड्ने काम गर्नुपर्ने बताए ।
समारोहमा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह, पत्रकार महासङ्घ कैलालीका सभापति जगत साउद लगायतले समृद्धिका लागि सञ्चारको भूमिकाका विषयमा आफ्ना धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार