समृद्धि र सुशासन कायम गर्न आवश्यक छ : मुख्यमन्त्री पौडेल
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बिहिबार ४:४५:३८
७ फागुन काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न आन्दोलनमार्फत प्राप्त जनादेशअनुरूप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने अहिलेको आवश्यक भएको बताएका छन् ।
७०औँं प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले भने, “संविधान जारी भएसँगै निर्वाचनमार्फत सङ्घीय, प्रदेश तथा स्थानीय तह गठन भइसकेका छन् । नयाँ व्यवस्था, नयाँ अनुभवको प्रदेश सरकार गठन सबैका लागि नौलो छ । आर्थिक, सामाजिक रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु ।”
सरकारको राम्रा कामको बारेमा जनतालाई सुसूचित गर्न आग्रह गर्दै उनले राजनीतिक दलको नेतृत्वले आ–आफ्नो दलको स्वार्थभन्दा माथि उठेर संविधान, प्रजातन्त्रणमा सुदृढिकरण र राष्ट्रियताको संरक्षणको लागि एकै ढिका भएर हिड्नुपर्ने अवस्था आएको बताए । कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले आफ्नो क्षेत्रमा सुशासन ल्याउन र दिगो शान्तिसुरक्षा तथा विकासको पूर्वाधारलाई कार्यान्वय तर्फ जोड दिनुपर्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
पुष ५, २०८१ शुक्रबार