डेलले साइबर सुरक्षा एकाई दुई अर्ब डलरमा बेच्ने घोषणा
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बिहिबार २:२२:९
७ फागुन एजेन्सी । प्रसिद्ध प्रबिधि कम्पनी ‘डेल टेक्नोलोजी’ले आफ्नो साइबर सुरक्षा एकाई ‘आरएसए’ दुई अर्ब आठ करोड अमेरिकी डलरमा सिम्फनी टेक्नोलोजी समूहलाई विक्री गर्ने घोषणा गरेको छ । आरएसए कम्प्युटर प्रणालीको रक्षा गर्नमा विशेष सफल मानिन्छ भने यसले साइबर–सुरक्षा छलफलहरू चलाउने गर्छ । यो वर्षको अन्त्यसम्ममा सम्झौता बन्द हुने अपेक्षाहरू गरिएका समय डेलले यो घोषणा गरेको हो ।
“विश्वको उच्च सुरक्षा ब्रान्ड मध्ये एक डेलको आरएसएले डिजिटल रूपान्तरणको साथसाथै द्रूत गतिमा विकास भइरहेको ग्राहक चुनौतीहरूको समाधान गर्नका लागि ठूलो अवसरको प्रतिनिधित्व गर्दछ,” सिम्फनी समूहका प्रबन्ध साझेदार विलियम चिशोलमद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
डेलका अनुसार आरएसएका एक हजार २०० भन्दा बढी ग्राहक रहेका छन् र यसको मुख्य समूह साइबर–सुरक्षा उद्योगको सबैभन्दा ठूलो समूह हो । “लेनदेनले हाम्रो व्यवसाय र उत्पादन कार्यलाई अझ सजिलो बनाउनेछ,” डेल टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकारी अफिसर जेफ क्लार्कले भने । “यसले डेल टेक्नोलोजीको तथ्याङ्क सुरक्षित, र समय अनुकुल बनाउनको लागि हाम्रो रणनीतिमा केन्द्रित भर्ई संरचना, मञ्च र उपकरणहरूमा स्वचालित तथा बौद्धिक सुरक्षा निर्माणको काम गर्छ ।”
सन् १९८२ मा स्थापना भएको आरएसएले तथ्याङ्कलाई सङ्केतमा ढाल्ने प्रणाली विकास गरेको थियो । अमेरिकी यस कम्पनीलाई सन् २००६ मा करिब दुई अर्ब १० करोड अमेरिकी डलरमा ईएमसीले भ किनेको थियो तर एक दशक पछि डेलले सोही प्रणालीलाई ४४ अर्ब अमेरिकी डलरमा अधिग्रहण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार