इरानमा पहिलो पटक कोरोना भाइरस, दुई जनामा सङ्क्रमण
नेपालबहस संवाददाता
फागुन ७, २०७६ बिहिबार ३:१५:४८
७ फागुन काठमाडौं । चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको सङ्क्रमण इरानमा पनि पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिइएको उक्त भाइरसको सङ्क्रमण इरानमा पहिलो पटक दुई व्यक्तिमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको इरानी समाचार संस्था आईएसएनएले उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्रालयको उक्त प्रतिवेदनमा ती दुई व्यक्ति कुन देशका नागरिक हुन् भन्नेबारे विस्तृत विवरण भने दिइएको छैन । मन्त्रालयका सूचना केन्द्रका प्रमुख कियानोस जहाँपुरलाई उद्धृत गरी आइएसएनएले भनेको छ,“पछिल्लो दुई दिनमा नयाँ कोरोना भाइरसका केही संदिग्द घटनाहरू पत्ता लागेका हुन् ।”
इरानको केन्द्रय प्रान्त कोममा ती विरामी भेटिएका थिए । उनीहरूलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै अस्पतालको एकान्त कोठामा राखी उपचार सेवा प्रदान गरिएको जोहानपुरले बताए । चीनमा सङ्क्रमण प्रकोपका रूपमा देखिएपछि इरानले यस पहिले नै विदेशबाट आउने विरामीलाई परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट शुरु भएको यस भाइरसका कारण हालका केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमले जनााएका छन् । केही दिनदेखि यो घटनाक्रम जारी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार