पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार १४:१७:७
८ फागुन पर्वत । जिल्ला अस्पताल पर्वतमा मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । गण्डकी मेडिकल कलेज पोखरा र पर्वत जिल्ला अस्पतालबीच सो सेवा सञ्चालन सम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो ।
मानसिक रोगको विशेषज्ञ सेवासहितको उपचार सेवा बुधबारदेखि शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा. शिशिर देवकोटा, अस्पतालका अध्यक्ष पहाडी, कलेजका प्राचार्य प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ र प्राडा टुमाया घलेले सो सम्झौतामा हस्ताक्षर गरेका छन्
।
सम्झौता अनुसार जिल्ला अस्पतालमा सो रोग उपचार गर्न सो कलेजको तर्फबाट एक जना विशेषज्ञ प्रत्येक महिनाको १० गते, २० गते र महिनाको अन्तिम दिन आउनेछन् । दर्ता शुल्कका लागि रु २० शुल्क राखिएको छ । जिल्लामा मानसिक रोगका बिरामी बढ्दै जान थालेपछि अस्तालले सेवा विस्तार गरेको अध्यक्ष पहाडीले जानकारी दिए । कलेजका प्राचार्य प्राडा श्रेष्ठले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न प्राथमिता दिएको जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोजराज गौतमले मानसिक रोग एक पटक उपचार गरेर मात्र निको नहुने रोग भएका कारण निरन्तर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार