अमेरिकी राज्य यूटाको सिनेटले बहुविवाहलाई अपराध नमान्ने
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार १५:३१:२५
८ फागुन एजेन्सी । संयुक्त राज्य अमेरिकाको यूटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ। विद्यमान कानुनअनुसार एक जनाभन्दा धेरैसँग विवाह गरेको पाइएमा पाँच वर्षसम्म जेल सजाय हुन्छ अन्तराष्ट्रिय समाचार एजेन्सी बीबीसीमा उल्लेख गरिएको छ ।
उक्त नयाँ कानुनका पक्षधरहरूले यसले बहुविवाह अभ्यास गर्ने समुदायहरूसँग सम्बन्धित गोप्यता हटाइदिने र कोही पीडित भए त्यसको उजुरी गर्न सहयोग पुग्ने बताउने गरेका छन्। तर आलोचकहरूले चाहिँ यसले पीडकहरूलाई झन् बल पुग्ने भनेका छन्।
के छ प्रस्तावित कानुनमा ?
सिनेटले पारित गरेको उक्त विधेयकलाई अब उक्त राज्यको तल्लो सदन प्रतिनिधिसभाले पनि पारित गर्नुपर्छ। प्रस्तावित कानुनअनुसार एक जनाभन्दा बढी पति वा पत्नी भएको खण्डमा त्यसलाई सडकनियम उल्लङ्घन गरे सरह न्यून स्तरको अपराध मानिनेछ। समाचारसंस्थाका अनुसार यूटा राज्यमा झन्डै ३०,००० मानिसहरू बहुविवाह मान्ने समुदायका छन्।
मोर्मोन चर्च भनिने चर्च अफ जीजस क्राइस्ट अफ ल्याटर डे सेन्ट्स पनि यूटामै अवस्थित छ। उक्त चर्चले विगतमा बहुविवाहलाई मान्यता दिने गर्थ्यो, तर सन् १८९० मा आएर उसले त्यसलाई प्रतिबन्धित गर्यो। अचेल बहुविवाह गरेकालाई उसले आफ्नो समुदायबाट बहिष्कार गर्छ। तर अझै पनि कट्टर मोर्मोन समुदायले उक्त अभ्यास जारी राखेको छ।
यूटाको संविधानले बहुविवाहलाई अवैध मानेको भए पनि अधिकारीहरूले त्यस्तो अभ्यास गर्ने मानिसविरुद्ध कानुनी कारबाही गर्दैनन्। सन् २००१ मा टम ग्रीन नामक व्यक्ति ५० वर्षयता बहुविवाहका कारण दोषी ठहर भएका पहिलो पुरुष थिए। उनका पाँच पत्नी थिए। उनकी एक पत्नी १३ वर्षकै उमेरमा गर्भवती भएको पाइएपछि उनलाई बालिका बलात्कारको मुद्दामा पनि सजाय दिइएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार