जर्मनीमा दुईवटा गोलीकाण्ड : आठ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार १५:४५:१८
८ फागुन एजेन्सी । जर्मनीको हानाउ शहरमा दुई स्थानमा गोली चल्दा कम्तीमा आठजनाको मृत्यु भएको छ । प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा ६ रहेको अन्तराष्ट्रिय समाचार एजेन्सी बीबीसीले उल्लेख गरेको छ ।
प्रहरीले बीबीसीलाई बताए अनुसार राति करिब १० बजेतिर ती स्थानमा गोली चलेको थियो । घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको समाचारमा जनाइएको छ। समाचार उल्लेख भए अनुसार गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो। दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् र हवाई गस्ती पनि गरिँदैछ। अज्ञात सङ्ख्यामा रहेका बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा तीनजना र दोस्रोमा पाँचजना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ।
अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीद्वारा जारी एउटा वक्तव्यमा भनिएको छ। सन्दिग्धबारे सूचना पाउने प्रयासस्वरूप सर्वसाधारणका लागि टेलिफोन हटलाइन स्थापना गरिएको छ। बन्दुक राख्ने पाउने विषयमा कडा कानुन भएको जर्मनीमा गोलीकाण्डका घटना विरलै हुन्छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार