महालक्ष्मीमा व्यावहारिक ज्ञानसहितको पाठ्यक्रम लागू गर्ने
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार १५:५७:४९
८ फागुन ललितपुर । नैतिक शिक्षामा बढवा दिन महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विस २०७७ बाट नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको पाठ्यक्रम लागू गर्ने जनाएको छ ।
कक्षा एकदेखि आठसम्म लागू हुने जनाइएको छ । एक सय पूर्णाङ्कको सो पाठ्यक्रम वर्षमा चार क्रेडिट आवर पढाउने तयारी अघि बढाइएको नगरपालिकाका प्रमुख शिक्षा अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए । उनले भने, “यस पुस्तकको नाम नै स्थानीय पाठ्यक्रम रहने छ ।
नगरपालिकाको ऐतिहासिक परिचयदेखि पूर्वीय दर्शन र मूल्य मान्यताका बारेका सम्पूर्ण कुरा समेटेका छौँ ।” नगरपालिकाम ४२ संस्थागत र १५ सामुदायिक गरी ५७ वटै विद्यालय रहेका छन् । ती विद्यालयमा एकै साथ सो पाठ्यक्रम लागू गरिने तयारी भइसकेको नगरपालिकाले जनाएको छ ।
विद्यालयका शिक्षक, समाजसेवी, जनप्रतिनिधि बीचमा छलफल, सहमति र रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई तिक्ष्ण बनाउन अङ्ग्रेजी माध्यमलाई विशेष जोड दिँदै आएको छ ।
नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयबीचको शिक्षा सुधारको लागि बेलाबेलामा साझेदारी कार्यक्रम पनि हुने गर्छ । यस किसिमको साझेदारी कार्यक्रमले शिक्षक शिक्षकबीच ज्ञान र प्रविधिको आदनप्रदान भई सकारात्मक प्रतिस्पर्धा सिर्जना बढाएको नगरपालिका उपप्रमुख निर्मला थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार