सामाजिक अपराध घटाउन प्रहरी सक्रिय
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार २०:७:१२
८ फाल्गुण, काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा भन्सार छली भारतबाट नेपाल भित्र्याइएको रु ४६ लाख ७९ हजार ३६२ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले विभिन्न नाका प्रयोग गरी अवैधरूपमा नेपाल भित्र्याइएका लत्ताकपडा, विद्युतीय सामग्री, सवारी पार्टपूर्जा, पशुचौपाया तथा अवैध काठलगायतका वस्तु बरामद गरी सो मूल्य बराबरको मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको बताए ।
उनले माघमा मात्र विभिन्न मुद्दामा फरार अदालतबाट १० वर्ष छ महिना १६ दिन कैद एवं रु ४२ हजार ७०० जरिवाना जम्मा भएका फरार नौ प्रतिवादीलाई विभिन्न स्थानबाट लुकीछुपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा दाखिला गरेको जानकारी दिए ।
उपरीक्षक कोइरालाले माघमा मात्र अभद्र व्यवहार, लागुऔषध, जबर्जस्ती करणी, कर्तव्य ज्यान र अन्य अपराधका १२८ विरुद्ध मुद्दा दर्ता गरिएको र १५० लाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार त्यसमध्ये सबैभन्दा बढी अभद्र व्यवहारमा पक्राउ परेका छन् । जसमा चार विदेशी रहेका जनाइएको छ ।
प्रहरीले जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामाजिक अपराध घटाउने उद्देश्यले साइबर अपराध, लैङ्गिक हिंसा, ट्राफिक नियम र लागुऔषधसम्बन्धीका कार्यक्रम स्कूल तथा विभिन्न स्थानमा गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार