स्याङ्जामा चक्लाबन्दी खेती शुरु
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार २१:३४:२३
तोलाकान्त बगाले
८ फाल्गुण, वालिङ । स्याङ्जाका तीन ठाउँमा चक्लाबन्दी खेती प्रणालीका लागि सम्झौता भई कार्यान्वयन थालिएको छ ।
गण्डकी प्रदेश सरकारले ससाना जमीनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अगाडि बढाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चक्लाबन्दी कार्यक्रमलाई अगाडि बढाइएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका भूमि स्रोत नक्साङ्कन महाशाखा प्रमुख गङ्गालाल पोखरेलले बताए ।
‘चक्लाबन्दी प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि’ तयार गरी मन्त्रालयले प्रस्ताव माग गरेकामा गण्डकी प्रदेशका ११ जिल्लाका २० वटालाई छनोट भई सम्झौता गरी कार्यक्रम सञ्चालन भएको महाशाखा प्रमुख पोखरेलले बताए ।
“चक्लाबन्दी कार्यक्रमका लागि स्याङ्जाका कृषि सहकारी तथा कृषक समूह गरी तीन वटा छनोट भएका छन्”, महाशाखा प्रमुख पोखरेलले भने, “छनोट भएका सहकारी तथा कृषक समूहसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएका छौँ ।”
चक्लाबन्दी कार्यक्रम लागू भएको जग्गामा एक वर्षमा कम्तीमा तीन बाली खेतीपाती गर्नुका साथै १० वर्ष जग्गा प्लटिङ गरी आवास निर्माण गर्न नपाइने शर्त पालना गर्नुपर्ने उनले बताए ।
चक्लाबन्दी कार्यक्रमका लागि पहाडी भू–भागमा ४० रोपनीभन्दा धेरै जमीन हुनुपर्ने छ । “कार्यक्रम लागू भएसँगै कृषिमा हुँदै आएको लागत घट्ने, खेतबारी बाँझो नहुने, सामूहिकरूपमा गर्दा सहज हुने, आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग गरी लागत कम गर्न सकिने, जमीनको खण्डीकरण रोकिने र रोजगारीका अवसर सिर्जना हुनेछन्”, महाशाखा प्रमुख पोखरेलले भने ।
प्रदेशका ११ जिल्लाका २० सहकारी तथा कृषक समूह गरी झण्डै तीन हजार रोपनी क्षेत्रफलमा पहिलो चरणमा कार्यक्रम सञ्चालनमा छ । स्याङ्जाका तीन ठाउँमा कार्यक्रम सम्झौता भई कार्यान्वयनको अवस्थामा छ । जिल्लाको पुतलीबजार नगरपालिका–४ को गोठिङ कृषक समूह, पुतलीबजार–४ कै ठूलीबेँसी कृषक समूह र वालिङ–९ को सप्तरङ्गी कृषि सहकारी संस्थाले कार्यक्रम शुरु गरेका छन् ।
गोठिङ कृषक समूहमा १६० किसानको ३१० रोपनी जग्गामा चक्लाबन्दी कार्यक्रममार्फत सामूहिकखेती थालिएको पुतलीबजार–४ का वडाध्यक्ष ओमबहादुर खड्काले बताए । चक्लाबन्दी कार्यक्रम लागू भएको जमीनको क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो र पहिलो गोठिङ कृषक समूह भएको वडाध्यक्ष खड्का बताए ।
त्यस्तै पुतलीबजार–४ कै ठूलीबेँसीमा ३०० रोपनी क्षेत्रफलमा चक्लाबन्दी कार्यक्रम सम्झौता भई सामूहिक खेती प्रणाली शुरु भएको छ । वालिङ–९ भुम्रेमा रहेको सप्तरङ्गी कृषि सहकारी संस्थाले वालिङ–१४ को पेखु ठानामा १५ वर्षका लागि ३५५ रोपनी जग्गा भाडामा लिए पनि ५० रोपनी स्वीकृति भई कार्यक्रम शुरु भएको संस्थाका अध्यक्ष ताराप्रसाद भुसालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार