रग्वी खेलाडीले श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार २२:२२:५३
८ फागुन एजेन्सी । अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का प्रहरीले गरेको छ । उक्त हत्याकाण्डको अनुसन्धान जारी राखेको अष्ट्रेलियाली प्रहरीले हत्यामा तिनै पूर्व खेलाडीको संलग्नताको आशङ्काको नजिक पुगेको बताएको हो ।
अष्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएअनुसार यहाँको प्रहरीले यो घटनालाई बडो डरलाग्दो हिंसा भनेका छन् । प्रहरीकाअनुसार यस्तो डरलाग्दो घटना यहाँको प्रहरीले पहिलो पटक अनुसन्धान गरिरहेको छ । प्रहरी अधिकारीकाअनुसार ३१ वर्षीया हाना क्लार्कको ब्रिस्बेनको अस्पतालमा मृत्यु भएको थियो ।
उनका तीन जना छोराछोरीको ज्यान गएको केही समयपछि उनको मृत्यु भएको थियो । उनका छोराछोरी तीन, चार र छ वर्षका मात्र थिए । ती छोराछोरीको निधनको केही घन्टापछि क्लार्कको पनि बुधबार ब्रिस्बेनको अस्पतालमा निधन भएको थियो । उनका पतिको पनि जलेर मृत्यु भएको छ ।
उनीहरु चढेको कारमा क्लार्कका ४२ वर्षीय पूर्व रग्वी खेलाडी एवं पति रोवान बाक्सटरले नै पेट्रोल खन्याएर आगो लगाएका थिए । कारमा लागेको आगोका कारण तीन छोराछोरीको ज्यान गइसकेको थियो । तर आधा जलेकी क्लार्क भने आफै अस्पताल पुगेकी थिइन् । तर सोही दिन उनको पनि ज्यान गयो । कारभित्रै रहेका रोवान पनि जलेको अवस्थामा सडक किनारमा देखिएका थिए, जहाँ उनको मृत्यु भएको थियो ।
क्लार्कको भनाई उद्धृत गर्दै ब्रिस्बेनको प्रहरीले सो कारमा ती पूर्व खेलाडीले आफैँ आगो लगाएको बताएको छ । त्यहाँ अरु कुनै प्रमाणहरु भेटिँदैनन् र कारमा आफैँ आगलागी भएको जस्तो पनि देखिँदैन– प्रहरीले भनेको छ । प्रहरीले उक्त कार पेट्रोल छर्केर आगो लगाइएकोजस्तो देखिएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार