लघुवित्त र बीमाका लगानीकर्ता मालामाल हुँदा वाणिज्य बैंक बढ्न नसक्नुको यस्तो छ कारण, हेरौ आजको बजार बिश्लेषण
आर्थिक संवाददाता
फागुन ८, २०७६ बिहिबार २२:५७:३३
८ फाल्गुण, काठमाडाैं । लघुवित्त र बीमा कम्पनीमा बुल कायमै हुँदा साताको अन्तिम कारोवार दिन नेप्से परिसूचकले आज दोहोरो अंकको वृद्धि देखाएको छ। नेप्से परिसूचकमा २९ दशमलव ३२ अंकको वृद्धि हुँदा कारोवार रकम २ अर्ब ७८ करोड पुगेको छ। दोश्रो बजार परिसूचक २ दशमलव ०९ प्रतिशतले वृद्धि हुँदा ५८ लाख २९ हजर कित्ता शेयर खरीद-बिक्री भएको छ।
बजारको अहिलेको अवस्थामा लघुवित्त र बीमा कम्पनीमा मात्र ठुलो बुल देखिएको हाे । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा भने खासै वृद्धि देखिएको छैन । शेयरको आपुर्ति धेरै भएको कारणले गर्दा वाणिज्य बैंक उपसुचकमा वृद्धि हुन् नसकेको जानकार बताउँछन। तर अझैपनि जोखिम लिन नचाहने लगानीकर्ताहरुलाई वाणिज्य बैंक उत्तम हुन सक्ने बहस आज बजारमा सुन्न सकिन्थ्यो।
एक शेयरबजार लगानीकर्ताका अनुसार लघुवित्तमा थोरै शेयर भएकोले आपुर्ति न्यून र शेयर कर्नरिङ्ग भएको हुनसक्छ ।त्यस्तै प्राविधिक विस्लेषण हेर्दा १४४० को प्रतिरोध क्षेत्रलाई पार गर्नुपर्ने देखिन्छ।
लघुवित्त् उपसुचकमा सर्वाधिक ६ दशमलव ३५ प्रतिशतको वृद्धि देखिएको छ भने निर्जीवन बीमा उपसुचकमा ५ दशमलव ५५ प्रतिशतको वृद्धि देखिएकोमा जीवन बीमा उपसुचकमा ४ दशमलव ७६ प्रतिशतको वृद्धि देखिएको छ। बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा सामान्य शुन्य दशमलव ६६ प्रतिशतको वृद्धि देखिएको छ। आज ट्रेडिङ्ग र म्युचुअल फण्ड उप्सुचकमा मात्र गिरावट देखिएको छ।
आज बजार खुलेबाट नै घट्न मानेको थिएन। आज बजार ईण्ट्राडे हाईमा बन्द भएको छ। आजको बजारको अन्तिम विन्दु र उच्च विन्दु एउटै रहेको छ। यसलाई सकारात्मक रुपमा लिन सकिन्छ।
आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १४४० पहिलो टेवा :१४१७
- नेप्सेले १३६० को मुख्य प्रतिरोधलाई तोडेपछि पुन बढी रहेको बजार केहि दिन सुस्ताए पछि आज फेरि बढेको छ।
- आज बजार १४३४ दशमलब ५७ को विन्दुमा बन्द भएसंगै हालसम्म कै उच्च कारोबार भएको छ ।
- आजको मैनबत्तीले “बुलिस मारुबोजु” को चित्र बनाएको छ। यसले आज बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गराउनको साथै केहि समयसम्म बजार बढ्न सक्ने सम्भावना रहन्छ।
- दैनिकी अवधिमा “आरएसआई” ८० दशमलब २६ को बिन्दुमा छ। यो अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको जनाएको छ।
- “एडिएक्स” तथा जोड/ बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गरेको छ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्ति सकारात्मक रहेको जनाएको छ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १४४० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४१७ को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार