न्यायालयको सुधारमा लागिपरेको छु : प्रधानन्यायाधीश
नेपालबहस संवाददाता
फागुन ८, २०७६ शुक्रबार ०:३३:१०
८ फाल्गुण, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायको अनुभूति गर्ने आशाको केन्द्रबिन्दु न्यायपालिका भएको बताएका छन् ।
सर्वोच्च अदालत बार एसोसिएसनको ४७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “न्यायपालिकाको सुधार र परिमार्जन गर्न तथा यसको गरिमालाई उच्च राख्न सम्बन्धीत सबै पक्ष सक्रियताका साथ लाग्नुपर्दछ ।” प्रधानन्यायाधीश जबराले आफूले नेतृत्व गरेको संस्थालाई बुद्धिले भ्याएसम्म स्वतन्त्र, सक्ष्म र सुदृढ बनाउन लागिपरेको बताए ।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले आचारसंहिताको पालना कडाईका साथ गर्न न्यायाधीश र कानून व्यवसायीलाई आग्रह गरे । “समाज फौजदारीकरण हुँदैछ, कानून व्यवसायी पेशामा इमान्दार भएर बस्नुस्”, उनले भने, “न्यायालय जनताको अन्तिम आशाको केन्द्र हो ।”
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायीको आचरणले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै न्याय सम्पादनमा सहयोग पु¥याउनका लागि पारदर्शी ढङ्गबाट न्यायपालिकाको इज्जत राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सर्वोच्च बारका संस्थापक अध्यक्ष स्व वरिष्ठ अधिवक्ताद्वय कुसुम श्रेष्ठ र वासुदेव ढुङ्गानाले न्याय क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणसमेत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार