अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग
नेपालबहस संवाददाता
फागुन ८, २०७६ शुक्रबार १:१०:४१
८ फाल्गुण, काठमाडौं । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा ललितपुर जिल्ला अदालत बार एकाइमा आवद्ध कानून व्यवसायी तथा बारका केन्द्रीय कार्यकारिणी सदस्य अधिवक्ता ढकाललाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतबाट थुनामुक्त गर्न आदेश जारी गरेलगत्तै अदालत परिसरबाटै पुनः पक्राउ गरिएको हुनाले थुनामुक्त गर्न माग गरिएको उल्लेख छ ।
“कुनैपनि नागरिकलाई स्वेच्छाचारीरुपमा पक्राउ गरिनु र झुठा मुद्दा चलाइनु मुलुकमा कानूनको शासन नभएको सङ्केत हो”, प्रेस विज्ञप्तिमा भनिएको छ, “संविधान कानूनअनुसार अदालतबाट थुनामुक्त गरिएको व्यक्तिलाई पुनः पटकपटक पक्राउ र थुनामा राख्ने कार्य नेपालको संविधानविपरीत छ ।”
अधिवक्ता ढकाललाई प्रहरीले यही फागुन १ गते पक्राउ गरेको थियो । सर्वोच्च अदालतले यही फागुन ७ गते थुनामुक्त गर्न आदेश जारी गरेको थियो तर आदेश जारी गरेलगत्तै प्रहरीले पक्राउ गरी उनलाई थुनामा राखेको छ । बारले नागरिकको मौलिक तथा मानव अधिकार रक्षा गर्न र कानूनको शासन कायम राख्न सरकार र सम्बन्धित पक्ष सबैलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार