यी हुन् आजका चर्चित समाचार
कुसुम सेञ्चुरी
फागुन ८, २०७६ शुक्रबार २:१६:५२
♦ कुशुम विश्वकर्मा
८ फागुन काठमाडौं । खोज पत्रकारिताको लक्ष्य बोकेको नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धारा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।
अझै भन्ने हो भने नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो ।
राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।
पाठकवर्ग ! यसरी शुरुवाती प्रसङमा आफ्नै भूमिका बाँधेर कुरा गर्दा तपाईलाई लाग्न सक्छ, आज आफ्नै समाचार पो लेख्न थालेछन । तर त्यो तपाईले सोचेको भन्दा बिल्कुल फरक छ । तिथिमिती अनुसार कुरा गर्ने हो भने आज २०७६ साल फागुन ८ गते बिहिवार, तद्अनुसार फेब्रुअरी २०, सन् २०२० हो ।
मानिस एउटा सामाजिक प्राणी हो । त्यसैले उसका क्रियाकलाप, जन्ममरण, आँशुहासो अनि ऐश्वर्य लगायत कुनैपनि कुराको समाज बाहिर कुनै महत्व छैन् । समाज मानवको आधारशिला हो, र संभवत मानवजगतको पहिलो र आधारभुत सामाजिक आविष्कार नै समाज हो ।
विभिन्न समाजशास्त्री अनि इतिहासविद्हरुले समाजलाई आआफ्नै तवरले ब्याख्या गरेका छन, प्रणालीगत अनि सरल यो समाजमा मानवहरुका पुस्तौपुस्ता हुर्कदै आए अनि समय अनुसार समाजमा परिवर्तन हुँदै आयो । परिवर्तन सकारात्मक अनि नकारात्मक दुवै रुपमा थियो अनि नकारात्मक परिवर्तनले समाजमा विभेद, द्धन्द अनि अन्याय भित्रिन गयो । शाषक अनि शाषितहरुको वर्ग छुट्याउन थालियो, काम, वर्ग, जात, रगं अनि वर्णका आधारमा भेदभाव हुन थाल्यो । शक्तिशालीले दुर्बललाई अपहेलना गर्न थालियो अनि क्रमश सामाजिक जीवनमा असहिष्णु पथको शुरुवात भयो ।
कालाको ठाँउमा गोराहरु हेपिने अनि गोराको ठाँउमा काला हेपिने, स्थानीयले आप्रवासीहरुलाई हेप्ने, एकपाईला जग्गा सिमाका लागी रगतका खोलाहरु बगे । जित्नेले हार्ने पक्षलाई दास बनाए, मान्छेले मान्छेलाई मान्छेको दर्जा दिन छाडे जस्का अप्रत्यक्ष पदचिह्नहरु आज पनि समाजमा छ । कुनै एउटा जात या कुलमा जन्मेकै कारणमा जीवनभरि हेपिन पर्ने अनि दोश्रो दर्जाको नागरिक अथवा अनागरिक बनेर बाँच्नपर्ने यो कस्तो सामाजिक न्याय थियो ? यस्तै यस्तै बिषयको उठान नेपालबहसले निरन्तर गर्दै आएको छ ।
पहिलो प्रसङमा हामीले कुन आधारमा रहेर काम गर्छौ भन्ने बारेमा जानकारी दियौ अनि दोस्रोमा । आज दिनभर चर्चाको बिषय बनेको सञ्चारमन्त्रीको राजीनामा । बारम्बार दुईतिहाईको सरकारलाई हेप्ने भन्ने थेगोबाट चर्चित भएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि आज सबै अनलाइनका हेडलाइन बने, हाम्रो अनलाइनको पनि लगातार फलोअप रह्यो । यसबाट जनताले सरकारलाई हेपे कि ? सरकारका उच्च पदस्थ व्यक्तिले जनतालाई हेपे ? यो छुट्याउने जिम्मा पाठकवर्गको हातमा नै छ ।
सदा जस्तै बिहीबार अर्थात फागुन ८ गते बिहान जब नेपालबहसको समाचार टीम न्यूजडेक्समा गयो । दैनिकजसो समाचारमा किर्बोड चलाईरहदा नाम चलेको अनलाइन पोर्टलबाट संचारमन्त्री गोकुल बाँस्कोटाको स्वीस कम्पनीसँग घुसको बार्गेनिङ, ७० करोड कमिसनका लागि ‘सेटिङ’ शिर्षकको समाचार बाहिरिएसंगै नेपालबहसले पनि प्रमुख प्राथमिकता साथ समाचार प्रकाशित गर्यो । यतिमात्र होइन दिनभर जस्तो कांग्रेसले तत्काल राजीनाको माग, नेविसंघले कालोझन्डा देखाएकोे देखि भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओली के हेरेर बसिरहनु भएको छ ? सम्मका समाचारले निकै चर्चा बटुलेका थिए ।
यता बिहान सञ्चारमन्त्री कमिसन प्रकरणसंगै सुप्रसिद्ध भीमेश्वर मन्दिरका भीमसेन देवतालाई १७ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट हुने धार्मिक मान्यता रहँदै आएको छ । समाचारमा जनाइए अनुसार बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि ७ बजेर २५ मिनेटसम्म एकघण्टा पसिना आएको हो । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठका अनुसार यो पसिना आएको १७ औं पटक हो । भीमेश्वरको शिलाको दायाँबायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।
दायाँ पट्टिबाट पसिना आउँदा राज्यपक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ट हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारले स्थानीयरुपमा क्षमापूजा अर्चना गरेका थिए । यसरी देशमा केही हुँदैछ भन्ने संकेत त तेस्रो प्रसङबाटै प्रष्ट भएपछि मन्त्री बाँस्कोटा सुदूरपश्चिमको कञ्चनपुरबाट काठमाडौं फर्किए लगतै राजीनामा दिएका छन् ।
तेसो त सेक्युरिटी प्रेस खरिदमा नीतिगत भ्रष्टाचार भएको आशङ्का पहिलेदेखि नै भइरहेको हो । सञ्चार मन्त्री बाँस्कोटा नै यसमा संलग्न भएको आशङ्का भइरहँदा सार्वजनिक भएको अडियोले यसलाई थप पुष्टि गरेको छ । स्वीस कम्पनीले ठेक्का नपाउने कुरा स्पष्ट भएपछि जर्मन कम्पनीलाई पनि ठेक्का नपरोस् भनेर नै मिश्रले मन्त्रीसँग ‘बार्गे्निङ’ गरेर अडियो सार्वजनिक गरेका हुन् । अब जर्मन कम्पनीले नपाउँदा उसका स्थानीय एजेण्टले के गर्छन् भन्ने हेर्न बाँकी छ ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैको पनि मुख नहेरी एक्सन लिने बताएका छन् । काठमाडौंमै बिहीबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पदमा र्पुयाउनुको अर्थ लुट्न छुट नभएको भन्दै आफूले भ्रष्टाचार गर्नेको मुख नहेरी कारबाही गर्ने ठोकुवा गरेका हुन् । भ्रष्टाचारप्रतिको शून्य सहनशीलता भन्ने कुरा मात्र नभइ काम गरेर देखाउने आफ्नो बानी रहेको प्रधानमन्त्रीको भनाइ छ । ‘सुशासनका लागि चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन,अफ्ठ्यारा र कठिनाइ त अवश्य आउँछन, मलाई मान्छेहरुले भन्छन, तेरो पद धरापमा पर्ला नि भनेर, तर मलाई पद धरापमा पर्ला भन्ने चिन्ता लाग्दैन, मैले त सिस्टम बनाउने हो ।’ आफू प्रणाली स्थापना गर्नका लागि काम गरिरहेको ओलीको दाबी थियो । उनले भने, ’प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन मैले एउटा प्रणाली स्थापित गर्ने हो ।’
प्रधानमन्त्री ओलीले कसैले पनि लामो समय शासन नगर्ने र आफू पनि त्यस पक्षमा नरहेको बताएका समाचार आजको नेपालबहसमा प्रकाशित भए । यस्तै शेयरबजारको आजको उतारचढाव गतिबिधि, बैंक तथा बीमाका समाचारदेखि न्यायालयका समाचार लगायत देशविदेशका अनेकौं घट्नाका समाचार आजको नेपालबहस डटकममा समेटिएका छन् । हरेक दिन नछुटाई हेर्न नभुल्नुहोला हैं ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपनिदाइरहेको सरकार र संसदलाई प्रेमप्रसादले छाडेका प्रश्न !
माघ ११, २०७९ बुधबार
यस्ता छन् प्रधानन्यायाधीश जबरामाथि लागेका २१ आरोप
फागुन १, २०७८ आइतबार
भारतपरस्त देउवाकाे नेतृत्व भएपनि नेपाल–चीन सबल सम्बन्ध
साउन ७, २०७८ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार