ललितपुरमा ५६७ कक्षाकोठा निर्माण सम्पन्न
नेपालबहस संवाददाता
फागुन ९, २०७६ शुक्रबार २०:२५:४२
९ फागुन काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा शाखाले जिल्लामा हालसम्म ५६७ काक्षाकोठा निर्माण सम्पन्न भएका जनाएको छ ।
विसं २०७२ को गोरखा भूकम्पले क्षति पु¥याएका कूल एक हजार ४८३ कक्षाकोठामध्ये हालसम्म करिब एकतिहाइ मात्र कक्षाकोठा निर्माण सम्पन्न भएका शिक्षा शाखा प्रमुख गुणराज पोखरेलले बताए । उनले भने, “ललितपुरमा पुनःनिर्माण गर्नुपर्ने कूल १७१ विद्यालय भवनका एक हजार ४८३ कक्षाकोठा रहेका थिए, हालसम्म ११३ विद्यालय भवनका ५६७ काक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन्, ललितपुरमा पूर्ण क्षति भएका कक्षाकोठा ५०, अधिक क्षति भएका ७९५ र सामान्य क्षति भएका कक्षाकोठा ६३८ रहेका थिए ।”
अहिले ४० विद्यालयका २९४ कक्षाकोठा केही सम्पन्न हुने त केही पारम्भिक चरणमा निर्माणाधीन अवस्थामा रहेका पोखरेलले जानकारी दिए । यस आवको अन्त्यसम्म १५३ विद्यालयका ८६१ कक्षाकोठा निर्माण गरिसक्ने चरणमा अघि बढेको शिक्षा शाखा इञ्जिनीयर इन्द्रलाल महर्जनले बताए । उनले भने, “हामीले विद्यालयका कक्षाकोठाका अतिरिक्त पिउनेपानी र शौचालय निर्माण अनिवार्य छ भनी गत आव २०७५÷७६ मा ४० शौचालयको कोटा प्राप्त गरी निर्माणाधीन भइरहेका छन् ।” यस वर्षको वार्षिक कार्यक्रममा ४२ विद्यालय र ४५ शौचालय निर्माणका लागि बजेट आएको छ ।
बजेट अभावका कारण यस वर्ष कुनै पनि नयाँ काम गर्न नसकेको र भर्खरै थप आठ शौचालय र १० पिउनेपानीको कोटा माग भएको उनको भनाइ छ । प्राधिकरण र शिक्षा शाखाले गरेको अनुमानअनुसार यस वर्षको चैत अन्त्यसम्ममा यो वर्षमा परेका कोटा लिनसक्ने आशावादी रहेको महर्जनले जानकारी दिए ।
जिल्लाका २७ विद्यालय न्यून विद्यार्थी तथा पर्याप्त जग्गा अभावका कारण बन्न नसक्ने अवस्थामा रहेका शिक्षा शाखाले जनाएको छ । अन्य थप १३ विद्यालय जग्गा नभएका कारण निर्माण हुन नसक्ने अवस्थामा पुगेका छन् । यी विद्यालय भूकम्पअघि एक टहरोका रूपमा निर्माण भई सञ्चालनमा रहेका बताइएको छ । यसैगरी प्राधिकरणका अनुसार ललितपुरमा गैरसरकारी संस्थाबाट निर्माण भएका विद्यालयका सङ्ख्या ८२ र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट निर्माण भएका विद्यालयको सङ्ख्या १४४ रहेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार