तालिमप्राप्त मान्छे गाउँमा नपाउदा रुई निर्माण उद्योग बन्द
नेपालबहस संवाददाता
फागुन ९, २०७६ शुक्रबार २०:४१:१६
९ फागुन काठमाडौं । आठबीस नगरपालिका–४ राकम कर्णालीमा गत आर्थिक वर्षमा स्थापना भएको एक घरेलु उद्योग बन्द भएको छ । उद्योगमा रकम जुटाउन नसकेपछि पुराना कपडाबाट रुई निर्माण उद्योग बन्द भएको हो ।
उद्योगमा रकम नजुटेपछि सञ्चालकहरु खाडी मुलुक तथा भारततर्फ लागेका स्थानीयवासीले बताएका छन् । जिल्ला घरेलु उद्यमले यहाँका केही युवायुवतीलाई कपडा उद्योगसम्बन्धी तालिम दिएको थियो । तालिम लिएकाहरुलाई तालिम सकिएपश्चात रोजगारीका लागि उद्योग स्थापना गरिएको थियो । गाउँघरमा खेर गएका पुराना कपडालाई प्रयोगमा ल्याउने र नयाँ उद्यमी सिर्जना गर्ने उद्योगको उद्देश्य हो ।
उद्योगकर्मी गाउँगाउँमा गई कच्चा पदार्थ (पुराना कपडा) सङ्कलन गर्न हिच्किचाउने र त्यहाँबाट उत्पादन हुने रुई उत्पादन धेरै गर्न नसक्ने हुँदा रकम कम मात्रामा जुट्यो र विदेशतर्फ लागेका बताइएको छ । उद्योग स्थापना भएको करिब दुई महिनामै उनीहरुले उद्योगमा काम गर्न छाडिसकेका स्थानीयवासी गोकर्ण माझीले बताए ।
युवा विदेश लागेपछि उद्योगमा रहेका युवतीले समेत काम गर्न छाडेपछि लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको छ । वडाध्यक्ष रणबहादुर माझीका अनुसार पहिला उनीहरुकै रोहवरमा अनुदान थपियो, उनीहरुले काम गर्न छाडे, अहिले तालिमप्राप्त मान्छे गाउँमा पाउन मुस्किल भएको छ । “हामीले त्यो सम्बन्धीको तालिम प्राप्त मान्छेहरु खोजिरहेका छौँ”, उनले भने ।
नगरप्रमुख खड्कराज उपाध्यायले ‘युवा रोजगार’का लागि रु ८० लाख बजेट छुट्याइएको बताए । त्यहाँबाट केही मात्रामा रकम छुट्याएर पुनः लगानी गरेर उद्योग सञ्चालन गर्ने उनको भनाइ छ । रु ५३ हजार ८२४ जनश्रमदान र रु पाँच लाख अनुदान रकममा उद्योग स्थापना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार