गोकुलप्रति नेकपाकै नेता बढी आक्रोशित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १०, २०७६ शनिबार २२:२६:५
![](https://nepalbahas.prixacdn.net/media/albums/gokul-baskota_6CHlHRSi0n.jpg)
१० फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विदेशी कम्पनीका एजेन्टसँग कमिसनका लागि मोलमोलाई गर्ने निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाका लागि आगामी दिन ज्यादै कष्टप्रद हुने देखिएको छ ।
विपक्षी दल भन्दा आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुको तारो बनेका छन् अहिले बाँस्कोटा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँस्कोटा विरुद्ध आन्दोलन सुरु गरेको छ । संसद् र सडक आन्दोलनलाई बल पु¥याउन अहिले नेकपाकै कतिपय नेता कार्यकर्ता अघि सरेका छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीको निकट सम्बन्ध बनाएका बाँस्कोटा शक्तिशाली बनेपछि पार्टी भित्रका आफूभन्दा वरिष्ठ नेताहरुप्रति अत्यन्तै असहिष्णु र अभद्र भएको ठम्याई धेरैको रहेको छ । खासगरी पूर्व माओवादीप्रतिको उनको धारणा धेरै नै नकारात्मक रहेको देखिएको हो । त्यसैले अब बाँस्कोटाविरुद्ध पूर्व माओवादी पक्ष अनुदार हुने वातावरण तयार भएको छ ।
पूर्व माओवादीको सोच र अवधारणालाई माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समेत सघाउ पु¥याउने अवस्था रहेको एकजना पोलिटब्युरो सदस्यले बताए । गोकुल प्रवृत्तिले पार्टी र सरकार दुबैलाई ठूलो क्षति पुगेकाले यो प्रकरण त्यतिकै सेलाउने अवस्था हुने छैन – उनी भन्छन् प्रमुख प्रतिपक्षी दलले यो विषयमा खुट्टा कमायो भने हामी आफैं अघि सर्ने अवस्था छ ।
गोकुललाई कानूनी दायरामा ल्याउने र हदैसम्मको सजाय गराउन सकिएन भने अबको चुनावमा हामीले मुख नदेखाए हुन्छ – उनी भन्छन् यो गम्भिर विषयलाई पूर्व माओवादी पक्षले मात्र होइन हामी पूर्व एमाले पक्षले समेत परिपक्वता देखाउने बेला हो । विषयको गाम्भिर्यता नबुझ्ने हो भने यो स्वयं प्रधानमन्त्रीप्रति सोझिएको तरबार हो, त्यसैले अबिलम्ब गोकुल प्रकरणमा निष्पक्ष छानविन समिति बनाएर अगाडि बढ्नुको विकल्प छैन ।
पार्टी भित्रबाटै गोकुलप्रति नकारात्मक धारणा राख्नेको उल्लेख्य संख्या भएकाले पनि यो प्रकरणमा प्रधानमन्त्री ओलीको सद्भावले खासै काम गर्ने अवस्था देखिंदैन । उनी प्रति पूर्व एमालेका कुनै नेताले पनि भित्री हृदयबाट सहानुभुति देखाउने अवस्था बनेकाे छैन । आज बाँस्कोटाकाे यो अवस्था निर्माण हुनुमा उनी नै बढी जिम्मेवार छन् । सत्तामा रहँदा जसरी आफु इतरका व्यक्तिलाई उनले रुष्ट र चोटिलो व्यवहार गरेका थिए त्याे नै अबका दिनमा उनले पाउने भएका छन् ।
पदमा रहँदा गोकुलले देखाएको व्यबहार नेकपाकै धेरै नेतालाई पचेको थिएन । त्यसैले पनि गोकुलप्रति विपक्षी भन्दा आफ्नै पार्टीका नेता कार्यकर्ताको आक्रोश बढी देखिएको छ । यसै सन्दर्भमा छलफल गर्न अहिले साँझ सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै छ । बैठकले गोकुल प्रकरणबारे गम्भिरतापूर्वक छलफल गरी मन्त्रिमण्डलमा हेरफेर गर्न प्रधानमन्त्रीलाई सुझाव दिने बुझिएको छ ।
बैठकमा एमसीसी प्रकरणबारे पनि ठोस निर्णय निकाल्न प्रयास गरिने बताइएको छ । अलग धारका नेता भीम रावलसहितको कार्यदलले एमसीसी बारे अध्ययन गरेर हिजो साँझ नै अध्यक्षद्वयलाई प्रतिवेदन बुझाइ सककेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको आग्रह विपरित प्रधानमन्त्री: गलेर राजीनामा नदिने, विश्वासको मत सामना गर्ने
असार १८, २०८१ मंगलबार
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान
असार १८, २०८१ मंगलबार
प्रदेशमा प्रत्यक्ष राखेर समानुपातिक निर्वाचन प्रणाली हटाइने
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा
असार १८, २०८१ मंगलबार
देउवा र ओलीको भेटघाट तथा छलफलबाट राजनीतिमा कस्तो परिवर्तन आउला ?
असार १८, २०८१ मंगलबार
ओलीको आग्रह विपरित प्रधानमन्त्री: गलेर राजीनामा नदिने, विश्वासको मत सामना गर्ने
असार १८, २०८१ मंगलबार
मधेस प्रदेशमा बूढानीलकण्ठ स्कुलको शाखा स्थापना गर्न आग्रह
असार १८, २०८१ मंगलबार
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान
असार १८, २०८१ मंगलबार
उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार