दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार १४:२६:२४
११ फागुन एजेन्सी । दक्षिण कोरियामा एकै दिनमा कोभिड–नाइन्टिन ९१९० अर्थात् कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या झण्डै दोब्बरले बढेको छ । शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन दुई सय चार जनामा सङ्क्रमण भएर सङ्क्रमितको सङ्ख्या चार सय ३३ पुगेको बीबीसीले जनाएको छ ।
दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गा लिपले कोरोना भाइरसको प्रकोप गम्भीर चरणमा प्रवेश गरेको बताएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसबाट दुई जनाको ज्यान गइसकेको छ । डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ । डाएगुका सडकमा मानिस निस्कन छाडेका छन् ।
कतिपय सैनिकहरूमा पनि कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ । चीनमा अधिकारीहरूले नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको बताएकै बेला दक्षिण कोरियामा भने सङ्क्रमितको सङ्ख्या बढेको हो ।
चीनमा अहिलेसम्म कोरोना भाइरसको कारण दुई हजार तीन सय ४५ जनाको ज्यान गएको छ भने ७६ हजार दुई सय ८८ जनामा सङ्क्रमण भएको पाइएको छ । चीनबाहिर विभिन्न देशमा गरी २० जनाको ज्यान गएको र एक हजार दुई सयभन्दा धेरैमा सङ्क्रमण भएको विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले जनाएको छ । चीनबाहिर सङ्क्रमितको सङ्ख्या तुलनात्मक रुपमा थोरै भए पनि स्वरुप भने चिन्ताको विषय रहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रोस अदानोमले बताएका छन् ।
यसैबीच जापानको योकोहामा बन्दरगाह क्वारेन्टाइनमा रहेको पानीजहाजबाट उद्धार गरेर अमेरिका लगेकामध्ये ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गएको हप्ता अमेरिकाले पानीजहाजमा रहेका आफ्ना चार सय नागरिकमध्ये सङ्क्रमण भएका ४० जनालाई जापानमै उपचारका लागि छाडेर तीन सय ६० जनालाई स्वदेश लगेको थियो ।
अमेरिकाले परीक्षणका क्रममा कोरोना सङ्क्रमण नभएको पुष्टि भएपछि आफ्ना नागरिक लगेको भए पनि १४ दिने क्वारेन्टाइनमा राखेको बेला सङक्रमण देखिएको बीबीसीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार