जाजरकोटमा मन्त्रीलाई कुरा सुनाउन सडकमै ज्ञापनपत्र
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार १८:१३:३८
११ फागुन काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागको लामो फेरिस्त बुझाएका छन् ।
स्थानीयवासीसँगै स्थानीय तहका प्रमुखहरुले समेत सङ्घीय सरकारको तर्फबाट बजेट, योजना पठाएर समस्या समाधान गर्न माग गरेका छन् । चुनाव जितेर दोस्रोपटक पश्चिम जाजरकोट आएका मन्त्री बस्नेतलाई खानेपानी, विद्युत्, पुल, सडक र मोबाइल टावरसम्मका माग राखेर ध्यानाकर्षण गराइएको छ ।
चुनावमा गाउँ जाँदा घोरेटो बाटोमा हिँडेर गएका उनि अहिले मन्त्री भएपछि सडक निर्माणकार्य भएको ठाउँमा गाडीमा गएका थिए । करिब दुई वर्षभित्र स्थानीय सरकार र सङ्घीय सरकारको बजेटबाट पश्चिम जाजरकोटका अधिकांश मुख्य ठाउँका कच्ची सडक निर्माण जारी रहेकाले मन्त्री गाडीमै गएका हुन् ।
दुई वर्षअघि गाउँ पुग्दा फोन गर्नका लागि अग्ला डाँडामा पुगेका मन्त्री बस्नेत योपटक भने अग्ला डाँडामा जानु परेन । आफू चढेको गाडीबाटै अधिकांश ठाउँबाट आएका फोनमा सजिलै सम्पर्क गर्न भ्याउनुभएको थियो । मध्यपहाडी लोकमार्गका अधिकांश ठाउँमा ३३ केभी प्रसारण लाइनका पोल गाडिएकाले अब तारसँगै सवस्टेशन निर्माणको काम पूरा गर्न ठाउँ र कामको समयसमेत मन्त्री बस्नेतले बताए।
नौ वर्षदेखि अवरुद्ध शिवालय गाउँपलिका मोर्कको पुल अहिलेदेखि नै निर्माण शुरु भएको छ । स्थानीय तहले निर्माण गरेका काममा बजेट अभाव भएर सबै पूरा गर्न नसकिएको भन्दै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले मन्त्री बस्नेतसँग ज्ञापनपत्र समेत सडकमै बुझाएका थिए । स्थानीय तहका प्रमुख र जनताले सबैभन्द स्वास्थ्य संस्था निर्माणको विषयलाई केन्द्रित गरेर माग पत्रमा उठाएका छन् ।
सिंहदरबारसम्म गुनासा लिएर जान नसक्ने स्थानीयवासीका लागि कुरा सुन्न म गाउँमा आएको भन्दै मन्त्री बस्नेतले ढुक्कसँग आफ्नो मनमा लागेका कुरा राख्न स्थानीयवासीलाई आग्रह गरेका थिए । स्थानीयवासीका माग सुनेर मन्त्री बस्नेतले भने, “तपाईंका माग व्यक्तिगत चाहनासँग जोडिएका छैनन्, मलाई थाहा छ सामूहिक विकास निर्माणका काम, स्वास्थ्य संस्था निर्माण, खानेपानी, टेलिफोन टावर निर्माण र सडकका कालोपत्रका कुरा छन् । यी सबै कुरा अबको दुई वर्षभित्र पूरा हुनेछन् ।” स्थानीयवासीले सुनाएका समस्या तीन तहका सरकार भएकाले तीनै तहका सरकारका प्रतिनिधि गाउँमा पुगेको मन्त्री बस्नेतको भनाइ छ ।
विकासमा अनुशासन कायम गर्न समेत उनले सबैलाई आग्रह गरे । केन्द्रबाट पठाएको बजेट कहाँ–कति खर्च भयो त्यो सबै कुरा खबरदारी गर्न उनले आग्रह गरे । मन्त्री बस्नेतले भने, “दिनभरि के गरियो, बेलुकी समीक्षा गरौँ ? समयभर अर्काको कुरा काट्दै सकिने तर आफूले के गरिरहेको छु थाहा नपाउने परिपाटी अब बन्द गरौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार