एआई प्रयोग गरेर वैज्ञानिकहरूले पत्ता लगाए नयाँ एन्टीबायोटिक
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार १८:२२:१
११ फागुन एजेन्सी । अमेरिकामा वैज्ञानिकहरूले अत्यन्त खतरनाकमध्येका केही थरी ब्याक्टेरियालाई नष्ट गर्न सक्ने क्षमता भएको एन्टीबायोटिक पत्ता लगाएका छन् । उक्त नयाँ किसिमिको शक्तिशाली एन्टीबायोटिक पत्ता लगाएपछि विज्ञहरूले यसलाई ठूलो उपलब्धि मानेका छन्।
एमआईटी संस्थाका अनुसन्धानकर्ताहरूले ब्याक्टेरियालाई मार्न सक्ने अणुहरू पहिचान गर्न एल्गरिदमलाई प्रशिक्षित गरेका छन्। उक्त ज्ञानको सहयोगबाट उनीहरूले मानिसलाई लाग्ने विभिन्न रोगको उपचारमा प्रयोग हुने ६,००० भन्दा धेरै थरीका यौगिकको अध्ययन गरे।
त्यसपछि केही घण्टामै उक्त एल्गरिदमले ह्यालिसीन नामक यौगिकको शक्तिशाली एन्टीबायोटिकको रूपमा सम्भाव्यता उजागर गरिदियो। वैज्ञानिकहरूको नयाँ खोजलाई विज्ञहरूले औषधिप्रतिरोधसम्बन्धी समस्या समाधानतर्फ महत्त्वपूर्ण विकास भनेर स्वागत गरेका छन्।
उक्त एल्गरिदमको सहयोगमा वैज्ञानिकहरूले केही दिनभित्रै दशौँ करोड रासायनिक यौगिकको विश्लेषण गर्न सके। नयाँ पत्ता लागेको यौगिकले घातक हुन सक्ने ३५ थरी ब्याक्टेरियालाई मार्न सकेको अनुसन्धानकर्ताहरूले बताएका छन्। केही वर्षयता एन्टीबायोटिक प्रतिरोधी सङ्क्रमणका घटना बढेका छन्।
जथाभावी एन्टीबायोटिक प्रयोग गर्दा शरीरभित्र रहने हानिकारक ब्याक्टेरियाले त्यसको प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्छन्। अर्थात् चाहिएको बेला औषधिले काम गर्न सक्दैन। विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ले यसलाई विश्व स्वास्थ्य सुरक्षा तथा विकासले सामना गरेको सबभन्दा ठूलो खतरामध्ये एक मानेको छ।
‘एन्टीबायोटिकसम्बन्धी खोजमा यो पहिलो हो,’ एमआईटीमा कार्यरत वरिष्ठ अनुसन्धानकर्ता रेजिना बार्जिलेले बताइन्।मानिसको मस्तिष्कको प्रारूपबाट प्रभावित भएर विकास गरिएको एल्गरिदमको सहाराले उक्त खोज गरिएको हो।’हालसम्म खोज गरिएकोमा यो सबभन्दा शक्तिशालीमध्येको एन्टीबायोटिक हो,’ ह्यालिसिनबारे एमआईटीका बायोइन्जिनियर जेम्स कोलिन्सले बताए।
अनुसन्धानकर्ताहरूका अनुसार यसरी औषधि पत्ता लगाउन मशीनको प्रयोग गर्दा त्यसले भविष्यमा थप एन्टीबायोटिकको खोजी गर्ने काममा लाग्ने खर्च कम बनाउनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार