कालिकोटमा सामुदायिक नर्स कार्यक्रम शुरु
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार २०:३६:५८
११ फागुन काठमाडौं । कालिकोटका छ स्थानीय तहमा सामुदायिक नर्स कार्यक्रम शुरु भएको छ ।
कुपोषणलाई कमी ल्याउन र स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न सामुदायिक नर्स कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवाका विषयमा र गर्भवती महिला तथा बालबालिकालाई जानकारी दिनेछन् ।
सामुदायिक नर्सले स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहुँ, चिनो, कागुनु, मार्सी चामल, सिमी, मास, भटमासलगायतका खाद्यवस्तुको प्रयोग ल्याउन गाउँमा जानकारी दिने उद्देश्यले सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ । स्वास्थ्य सेवाको पहुँच पु¥याउन पहिलोपटक शुरु गरिएको कार्यक्रमले आम नागरिकलाई भरपुर सेवा दिने कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “गाउँमा उत्पादित अर्गानिक खाद्यवस्तुको प्रयोगले कुपोषण घट्ने छ”, उनले भने ।
जिल्ला अस्पताल कालिकोटका प्रमुख डा भीष्मप्रसाद पोख्रेलले सामाजिक विकास मन्त्रालयले लागू गरेको सामुदायिक नर्स कार्यक्रम महत्वपूर्ण भएकाले स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकलाई सही तरिकाले सेवा दिन सकिने बताए । उनले भने, “कार्यक्रम प्रभावकारी बनाउन स्थानीयस्तरमा उत्पादित मकै, कोदो, गहँुलगायतका अन्नको महत्वलाई बुझाएमा कुपोषण घट्नेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार