रुसद्वारा कोरोनाबारे मिथ्या सूचना फैलाएको आरोप अस्वीकार
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार २१:१४:२९
११ फागुन एजेन्सी । रुसले सामाजिक सञ्जालमा कोरोनाभाइरसबारे मिथ्या सूचना फैलाएको आरोप अस्वीकार गरेको छ । अमेरिकी अधिकारीहरूले रुससँग सम्बन्ध भएका सामाजिक सञ्जालका अकाउन्टहरूले कोरोनाभाइरसले अमेरिकाले शुरू गरेको मिथ्या सूचना फैलाएको बताएका थिए।
उनीहरूले ट्विटर, फेसबुक र इन्स्टाग्रामका हजारौँ अकाउन्टहरूबाट सो मिथ्या सूचना फैलाइएको दाबी गरेका छन् ।शनिवार सो सम्बन्धमा बोल्दै रुसको विदेश मन्त्रालयले सो दाबी नै मिथ्या भएको बताए। “यो जानाजान फैलाइएको मिथ्या कुरा हो,“ विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसको तास समाचार संस्थालाई बताएको कुरा समाचार एजेन्सी बीबीसीले उल्लेख गरेको छ ।
चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएको र ११ जनाको मृत्यु भएको छ । चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिवार यसको नयाँ सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या घटेको छ । तर त्यहाँ अहिलेसम्म ७६,३९२ सङ्क्रमण र २,३४८ मृत्यु पुष्टि भइसकेको छ।
यसअघि अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी फिलिप रिकरले कोरोनाभाइरसको उत्पत्तिका बारेमा रुसका केहीले मिथ्या जानकारी दिने प्रयास गरिरहेको बताएका थिए । चीनविरुद्धको आर्थिक युद्ध शुरू गर्ने अमेरिकी प्रयास कोरोनाभाइरस रहेको भन्ने एउटा मिथ्या सूचना विभिन्न भाषाका सामाजिक सञ्जालमा देखिएको छ ।
सो मिथ्या सूचनामा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले पनि भाइरस फैलाउन सहयोग रहेको दाबी गरिएको छ । मिथ्या सूचनाको बाढी ज्यानुअरीको मध्यबाट शुरू भएको अमेरिकी अधिकारीहरूले थाहा पाएको एएफपीले लेखेको छ । त्यस्तो सूचना फैलाइएका अकाउन्टहरू पहिले रुसी सन्देशहरू फैलाउन प्रयोग गरिएका अकाउन्ट भएको बताइएको छ । रुसका टिभीहरूमा पनि कोरोनाभाइरसका लागि पश्चिमा धनीहरूको हात रहेको कुरा दाबी गरिरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार