‘चार्टर फ्लाइट’बाट प्रम ओली निजी निवासमा, छानविनको दायरामा ल्याउन कांग्रेसकाे माग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार २१:५४:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/pm-oli_67ooqJNM69.jpg)
११ फागुन, काठमाडौं । हेलिकप्टर नै चार्टर फ्लाइट गरेर प्रधानमन्त्री खड्गप्रसाद ओली जन्मदिन मनाउन भन्दै आफ्नो निजी निवास तेह्रथुमको आठराई अवतरण भएका छन् । उता ओली अवतरण गर्दा नगर्दै नेपाली कांग्रेसले मन्त्रीपरिषद् र ओली नेतृत्वको मन्त्रीमण्डलले गरेका निर्णयहरु देशको हितमा नभएको निष्कर्ष निकाल्दै उनलाई पनि छानविनको दायरामा ल्याउन माग गरेको छ ।
छायाँ सरकार गठन भएको झण्डै एक वर्षपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा पहिलो मन्त्रिमण्डलको बैठक आज बस्यो । बैठकले हालै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा विदेशी कम्पनीका एजेण्टसँग ७० करोड घूसको मोलमोलाई गरेकोमा विस्तृत छानविनको मुद्धा उठायो । लामो समय शिथिल देखिएको छायाँ मन्त्रिमण्डलको पछिल्लो सकृयताले नेपाली कांग्रेसका कार्यकर्तामा उत्साह थपिएको छ ।
गोकुलप्रसाद बाँस्कोटाको मात्र नभई अन्य मन्त्रालयमा समेत व्यापक हिनामिना भएको प्रसंग मिडियाले सार्वजनिक गरिसक्दा समेत विपक्षी दलले कुनै चासो नदिएको भन्दै बैठकमा सहभागी छायाँ मन्त्रीहरुलाई अब सकृय हुन निर्देशन दिइएको छ ।
छायाँ प्रधानमन्त्री देउवा स्वयं अब कांग्रेसले नेकपाबाट भएका अनियमितता र भ्रष्टाचारबारे खोजीनीति गरी जनताबीच उदांगो बनाउनुपर्ने कुरामा जोड दिएका छन् । सबै मन्त्रालयका छायाँ मन्त्रीहरुले गहिरो अध्ययन गरी प्रतिबेदन तयार गर्नुहोस् – देउवाले बैठकमा भने ।
मन्त्रिपरिषदको आडमा प्रधानमन्त्रीले नै भ्रष्टाचार गर्ने गरेको प्रसंग पनि बैठकमा उठेको थियो । पूर्वमन्त्री बाँस्कोटाको अडियो दुई महिना अघि नै प्रधानमन्त्री समक्ष पु¥याइएको विषय ज्यादै खतरनाक छ भन्दै देउवाले यो प्रकरणमा प्रधानमन्त्री समेत रहेका नेकपाका पार्टी अध्यक्ष खड्गप्रसाद ओलीलाई समेत छानविनको दायरामा ल्याएर छानविन गर्नुपर्ने माग गरेका छन् । देउवाको नेतृत्वमा गत जेठ महिनामा छायाँ सरकार गठन भएको थियो ।
तथापि बैठकपछि एक नेताले प्रधानमन्त्री समेत रहेका ओलीले जन्मदिनको नाममा हेलिकप्टर नै चार्टर गरेर जन्मदिन मनाउनु उचित र प्रसंग मुताविक नभएको बताए । उनले तर्क गर्दै भने :– एकजना व्यक्ति सर्वहारा वर्गको नेतृत्व गर्छु भन्दै सत्तामा पुगेर यो हदसम्मको क्रियाकलाप गर्नु नेपालको अहिलेको परिस्थितिमा ज्यादै नै अलोकप्रिय र भड्काउपूर्ण कार्य हो । यसले राम्रो सन्देश दिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
गोप्य सूचना संकलन ‘खुला अन्तरक्रिया’ नगरकोटबाट शुरु हुँदै
असार १५, २०८१ शनिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा
असार १८, २०८१ मंगलबार
देउवा र ओलीको भेटघाट तथा छलफलबाट राजनीतिमा कस्तो परिवर्तन आउला ?
असार १८, २०८१ मंगलबार
ओलीको आग्रह विपरित प्रधानमन्त्री: गलेर राजीनामा नदिने, विश्वासको मत सामना गर्ने
असार १८, २०८१ मंगलबार
मधेस प्रदेशमा बूढानीलकण्ठ स्कुलको शाखा स्थापना गर्न आग्रह
असार १८, २०८१ मंगलबार
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान
असार १८, २०८१ मंगलबार
उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार