प्रसूति भत्तामा अनियमितता,भत्ता नपाएपछि स्वास्थ्य केन्द्रमा प्रसूति गराउने घट्दै
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार २१:४८:५३
११ फागुन काठमाडौं । महोत्तरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीले महिलालाई महिनाँैदेखि प्रोत्साहन भत्ता उपलब्ध नगराएका कारण स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा कमी आएको छ ।
गत असोजदेखि स्वास्थ्य संस्थाले सुत्केरी भत्ता समयमै उपलब्ध नगराएकै कारण अस्पतालमा प्रसूति गराउनेको सङ्ख्यामा पछिल्लो समयमा कमी आएको स्वास्थ्य संस्थाका अनमी विन्दु साहले बताइन् ।
पहिले दिनहुँ पाँच जनाले प्रसूति सेवा लिने गरेकामा पछिल्लो समयमा क्रमिक रुपमा सेवाग्राही आउन छाडेका छन् । सरकारी स्वास्थ्य संस्थामा प्रसूत भए सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने गरेकाले प्रायः हरेक प्रसूत गराउनका लागि यहाँ आउने गर्थे । अब संस्थाले भत्ता उपलब्ध नगराएकै कारण सो सङ्ख्यामा कमी आएको अनमी साहले स्वीकार गरिन् ।
गाउँपालिकाको कार्यालयमा लिखित एवम् मौखिक रुपमा अनेकौँ पटक जानकारी गराउँदा समेत कुनै चासो नदेखाइएको अस्पताल व्यवस्थापन समितिका सदस्य रामजपु यादवले बताए । अस्पतालमा भएको अनियमितता देखेर आफूले नैतिकताका आधारमा समितिको सदस्यबाट राजीनामा दिए पनि आजसम्म राजीनामा स्वीकृत नभएको यादवले जानकारी दिए ।
गाउँपालिका परिषद् बैठक ढिलो भएका कारण सुत्केरीले पाउनुपर्ने भत्ता अहिलेसम्म नपाएको प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष मदन यादवले स्वीकार गरे । अबको केही दिनमै प्रोत्साहन भत्ता उपलब्ध गराइने प्रशासकीय अधिकृत रामजी जोशीले जानकारी दिए । गाउँपरिषद् विवादका कारण बजेट विनियोजन हुन नसकेकाले तलब र भत्ता गाउँपालिकाबाट उपलब्ध गराउन नसक्दा यस्तो समस्या सिर्जना भएको अधिकृत जोशीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
बालुवाटारमा बोलाएर टीआरसीको कुरा उठाएपछि सभापति देउवाले हप्काए प्रधानमन्त्रीलाई
जेठ २१, २०८१ सोमबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार
काठमाडौंको यी ठाउँहरुमा ‘टी-२० विश्वकप’को निःशुृल्क लाइभ हेर्न पाउने
जेठ २१, २०८१ सोमबार
लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प
जेठ २१, २०८१ सोमबार
विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना
जेठ २१, २०८१ सोमबार
मनाङको जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव
जेठ २१, २०८१ सोमबार
‘सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्चालन गर्ने’
जेठ २१, २०८१ सोमबार