सभागृह निर्माण सम्पन्न
नेपालबहस संवाददाता
फागुन ११, २०७६ आइतबार २२:११:३०
११ फागुन काठमाडौं । धेरै स्थानमा जग्गा छनोटसमेत नभएको समस्या झेलिरहेका स्थानीय तहबीच गलकोट नगरपालिकाले आफ्नै सभाहल बनाएर प्रयोगमा ल्याएको छ । वडा नं २ को नरेठाँटीमा गत वर्षको गौरवको योजनाअन्तर्गत सभाहल बनाएको थियो । हलमा नगर परिषद्समेत गरेर औपचारिक थालनी भइसकेको हो ।
जिल्लाका १० वटा पालिकामध्ये पहिलो पटक सभाहल सम्पन्न गरेर आफ्नै नगरसभासमेत सम्पन्न गर्ने गलकोट पहिलो भएको छ । यहाँका कतिपय नगर तथा गाउँपालिकाले जग्गा व्यवस्थापनसमेत गर्न नसकेर सभाहल बनाउने योजना अलपत्र परेका छन् । गत वर्षको ६५ लाख रुपैयाँ विनियोजन गरेर नगरपालिकाले भवन बनाएको हो । दुईतले यो भवनको तल्लो तल्लामा वडा नं २ को कार्यालय सञ्चालन हुनेछ । माथिल्लो तलामा सभाहल बनाइएको हो । भवनमा दुई वटा शौचालय, काउन्टर कक्षसमेत राखिएको छ ।
झण्डै २०० जना सहभागी भएर कार्यक्रम गर्न मिल्ने गरी सभाहल निर्माण भएको वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । “अघिल्लो वर्ष हामीले हरेक वडामा गौरवका योजना सञ्चालन गरेका थियौँ, अहिलेसम्म पूरा भएको यो मात्र एउटा योजना हो”, भण्डारीले भने । “विद्यालय शान्तिक्षेत्र घोषणा भए पनि कार्यक्रम भइरहन्थे, अब सहज हुनेभयो”, भण्डारीले भने, “पहिलो पटक प्रयोगमै ल्याएर देखाउने काम हामीले थाल्यौँ ।”
ताराखोला गाउँपालिकाले पनि भवन बनाउने काम थालेको छ । ताराखोलाले भने झण्डै ७०० जना अट्न सक्नेगरी बहुद्देश्यीय भवन बनाएको हो । आगामी असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको यो भवनका लागि भने प्रदेशको साझेदारीमा रु चार करोड लगानी गर्नेछ । जग्गा अभावमा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा आएको बजेट सदुपयोग हुन सकेको छैन । अन्य पालिकामा पनि जग्गा खोजी भइरहे पनि सभाहल बनाउन भने सकेका छैनन् ।
अबदेखि नगरपालिकाले आफ्ना कार्यपालिका बैठक र सभासमेत सम्भव भएसम्म यहीँ गर्ने उनले बताए । नगरपालिकाले बालमैत्री नगर बनाउने तयारी गरेको छ । त्यसका लागि सबै वडामा पूरा भएका सूचकको सङ्कलन गरेर घोषणाको मिति तय गर्ने तयारी गरिरहेको उपप्रमुख रेणुका काउचाले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार