ईतिहास बनेको दिनको प्राविधिक बिश्लेषणले के देखाउँछ ?
आर्थिक संवाददाता
फागुन ११, २०७६ आइतबार २२:४८:६
११ फागुन, काठमाडाैं । वाणिज्य बैंकमा बुल आउँदा साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा आज ७० अंक नजिककाे वृद्धि देखाएको छ । नेप्से परिसूचकमा ६९ दशमलव ५६ अंकको वृद्धि हुँदा कारोवार रकम ३ अर्ब ६० करोड पुगेको छ ।
दोश्रो बजार परिसूचक ४ दशमलव ८५ प्रतिशतले वृद्धि हुँदा ८७ लाख ६९ हजार कित्ता शेयर खरीद-बिक्री भएको छ । आज कारोबार रकमले ईतिहास रचेको छ । बजारमा ठुलो हिस्सा रहेको वाणिज्य बैंकमा लगानीकर्ताले आक्रामक शेयर खरिद गर्दा बजारले निकै राम्रो वृद्धि हासिल गरेको हाे ।
आज ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक ८ दशमलव २५ प्रतिशतको वृद्धि देखिएको छ भने बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंकको उपसुचकमा ७ दशमलव १५ प्रतिशतको वृद्धि देखिएको छ । आज सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ । होटल उपसूचक भने सामान्य शुन्य दशमलव ६० प्रतिशतको वृद्धि देखिएको छ । आज बजार खुलेबाट नै घट्न मानेको थिएन । आज बजार १ बजेर ३० मिनेट तिर दिनको उच्च विन्दुमा पुगेको थियो । आज बजारको उच्च विन्दु १५०९ दशमलव ९२ को उच्च विन्दुसम्म पुगेको थियो । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
आज सर्वाधिक कारोवार हुने कम्पनीहरु :
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १५२० पहिलो टेवा : १४८०
- नेप्सेले आज १४६० को प्रतिरोधलाई तोडेपछि बजार पुन बढी रहेको दखिन्छ । आज बजार १५०४ दशमलब १४ को विन्दुमा बन्द भएसंगै हालसम्म कै उच्च कारोबार भएको छ ।
- आजको मैनबत्तीले “बुलिस मारुबोजु” को चित्र बनाएको छ । यसले आज बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गराउनको साथै केही समयसम्म बजार बढ्न सक्ने सम्भावना रहन्छ ।
- दैनिकी अवधिमा “आरएसआई” ८६ दशमलब ०१ को बिन्दुमा छ । यो अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको तर बजार सच्चिई हाल्ने देखिदैन् ।
- “एडिएक्स” तथा जोड- बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्ति सकारात्मक रहेको जनाएको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १५२० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४८० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार