जहाज,बालुवाटार,प्रिन्टिङ प्रेस लगायतमा मूलपात्रलाई उन्मुक्ति दिन खोजियो : शान्ति समाज
नेपालबहस संवाददाता
फागुन ११, २०७६ सोमबार १:२२:२१
११ फागुन काठमाडौं । विभिन्न घोटालाका मूल दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन र संसद्मा प्रस्तुत विधेयकमा स्वतन्त्रता विरोधी प्रावधान हटाउन मागसहित मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।
माइतीघरमा आज वाइडबडी÷न्यारोबडी जहाज खरिद र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रलाई उन्मुक्ति दिन खोजिएकोप्रति विरोध गर्दै समाजले एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं मन्त्रिपरिषद्का प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा मुछिएको सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणको गहिरो छानबिन गरी दोषीमाथि कानूनी कारवाही प्रक्रिया अघि बढाउन समाजले सरोकार भएका निकायसँग माग गरेको छ ।
संसद्मा प्रस्तुत सूचना प्रविधिलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित आधा दर्जनभन्दा धेरै विधेयकमा स्वतन्त्रता विरोधी प्रावधान हटाउन पनि समाजले प्रदर्शनमार्फत ध्यानाकर्षण गराएको छ । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाईं, उपसभापति रेनुका पौडेल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ र बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराललगायत केन्द्रीय सदस्यको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार