हिउँदे मकैको घोगामा दाना नलाग्दा बाराका कृषक चिन्तित
नेपालबहस संवाददाता
फागुन ११, २०७६ सोमबार १:४०:४८
११ फागुन काठमाडौं । बारा जिल्लाका कृषक यसवर्ष हिउँदे मकै खेती गरिएको क्षेत्रमध्ये केही क्षेत्रमा मकैको घोगामा दाना नलागी धानबालामा नै दाना लागेकोमा कृषक चिन्तित बनेका छन् ।
किसानले यसवर्ष हिउँदे करिब पाँच हजार ३५ हेक्टर क्षेत्रफलमा विभिन्न जातको मकै खेती गरेकामा निजगढ, सिगौल, रतनपुरी, सिमरा, डुमनवाना, मनहर्वा कोल्हवी, सपही गरी करिब २०० हेक्टर क्षेत्रफलमा मकै बालीमा समस्या देखापरेको कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।
सो क्षेत्रमा लगाइएको मकै बाली हृष्टपुष्ट पोषक नभएको साथै मकैको धानबालामा दाना लागेको हुनाले किसानले समस्या भोग्नुपरेको ज्ञान केन्द्रका गेनालाल मण्डलले बताए । सम्बन्धित निकायद्वारा सूचीकृत गरिएको र नगरिएको किसानको मकै खेतमा समस्या देखएको हो । गत वर्ष कृषकले करिब चार हजार ८३५ हेक्टर खेती गरी प्रति हेक्टर ६ दशमलव ५ मेट्रिकटनका दरले ३१ हजार ४२७ मेट्रिकटन हिउँदे मकै उत्पादन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार