कारागारलाई सुधारगृहको रुपमा परिणत गर्नुपर्ने गृहमन्त्री थापाको जोड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार १६:५७:९
![](https://nepalbahas.prixacdn.net/media/albums/security-meeting_52wjgneC3U.jpg)
१२ फागुन,मकवानपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा उक्त गोष्ठी शनिबारदेखि सुरु भएको थियो ।
उक्त अवसरमा गृहमन्त्री थापाले सुशासन कायम नभए विकास र विकास नभए समृद्धि प्राप्त नहुने भएकोले सुशासन ल्याउन कटिबद्ध हुनुपर्ने उल्लेख गर्दै राष्ट्रलाई समृद्ध र नागरिकलाई सुखी बनाउने लक्ष्य प्राप्तिका लागि योजनावद्ध तरिकाले तत्काल कार्यान्वयनमा जानुपर्ने आवश्यकता रहेको बताएका थिए । शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय सफल भएको चर्चा गर्दै शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको उनले जानकारी दिए ।
आर्थिक अपराध, महिला हिंसा, तस्करी र लागूऔषध कारोबार नियन्त्रणमा समुदाय-प्रहरी साझेदारी मार्फत अझै बढी सक्रिय हुनुपर्नेमा जोड दिंदै गृहमन्त्री थापाले अवाञ्छित गतिविधि गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने तत्वलाई निस्तेज गर्नुपर्ने बताए । परिणामले मात्र लक्ष्य प्राप्त गर्न सकिने भएकोले जिम्मेवारीपूर्ण रुपमा प्रस्तुत भई आदर्श कर्म गर्नुपर्ने उनले चर्चा गरे । कारागारलाई सुधारगृहको रुपमा परिणत गर्नुपर्नेमा उनको जोड थियो । नेपाल भ्रमण वर्षलाई सफल बनाउन उच्च प्राथमिकता दिएर पर्यटक भित्र्याउने विविध कार्यक्रम कार्यान्वयन गरिएको उनले उल्लेख गरे ।
कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले परिणाममुखी र प्रमाणमुखी अनुसन्धानमा जोड दिई अनुसन्धानलाई परिपक्व बनाउनुपर्ने चर्चा गर्दै सुरक्षा निकायले स्थानीय तहसँग समन्वय गरी अझै उत्कृष्ट काम गर्नुपर्ने बताए । अवाञ्छित गतिविधि नियन्त्रण, घटनास्थल संरक्षण लगायतमा जोड दिनुपर्नेमा उनको जोड थियो । कार्यालय व्यवस्थापन, चौकिस्तरसम्म क्षमता विस्तार र बेरुजु फर्छौटमा सुधार गर्दै सेवाग्राहीलाई मर्यादित व्यवहारका साथ सेवा प्रदान गर्नुपर्ने उनले बताए ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रदेशस्तरीय सुरक्षा प्रतिवेदन प्रस्तुत गरेको उक्त गोष्ठीमा बागमती प्रदेशका १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षा र चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका थिए । गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या र चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल र अन्तरक्रिया समेत भएको थियो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजित राई तथा विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, नेपाली सेनाका उच्च अधिकृतहरु, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, बागमती प्रदेशका १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवं १३ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
अमेरिकी सेनाको हवाई आक्रमणबाट आतंकवादी समूहका वरिष्ठ कमाण्डरको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
अमेरिकी सेनाको हवाई आक्रमणबाट आतंकवादी समूहका वरिष्ठ कमाण्डरको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार