क्याम्बोडियामा १०१ र ९८ वर्षका दिदीबहिनीको ४७ वर्षपछि भेट
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार १८:०:५५
१२ फागुन एजेन्सी । तपाई कोही कसैसंग धेरै समयसम्म टाढिएपछि फेरि भेट होला भनेर कल्पना गर्नु भएको छ ? यदि छैन भने कल्पना गर्न आजैबाट थाल्नुहोला तपाईको त्यो कल्पना साकार हुन सक्छ । यस्तै सपना साकारमा परिणत भएको छ कम्बोडियामा, जहाँ दुई दिदीबहिनीको ४७ वर्षपछि पुनर्मिलन भएको छ।
१०१ वर्षीया बुन चिया र ९८ वर्षीया बुन सेनले सन् १९७० को दशकमा कम्बोडियामा भएको कमेयर रुझ शासनको क्रममा एकअर्काको मृत्यु भएको हुनसक्ने ठानेका थिए। बुन सेनको आफ्ना ९२ वर्षे भाइसँग पनि पुनर्मिलन भएको समाचार बीबीसीले जनाएको छ । एउटा स्थानीय गैरसरकारी संस्थाका अनुसार बुन सेनले भाइको पनि मृत्यु भइसकेको ठानेकी थिइन्।
कम्बोडियामा सन् १९७५ मा कम्युनिष्ट नेता पल पटले शासन आफ्नो हातमा लिनु दुई वर्षअघि बुन सेन र बुन चियाको भेट भएको थियो। कमेयर रुझ शासनका बेला कम्बोडियामा करिब २० लाख मानिसहरू मारिएको ठानिन्छ। उक्त शासनकालमा थुप्रै परिवारको बिछोड भएको थियो।
बुन सेनले आफ्ना श्रीमान्लाई भने पल पटकै शासनकालमा गुमाइन्। पल पट शासन सन् १९७९ मा समाप्त भएको थियो।त्यसपछि उनी राजधानी नोम पेनमा रहेको एउटा डम्पिङ साइट नजिकै बस्न थालिन्। लामो समयसम्म बुन सेनले त्यही क्षेत्रमा फालिने फोहोरमैला जम्मा गरेर पुनस् प्रयोग गर्न मिल्ने सामानहरू बेच्दै गुजारा चलाइन्।
उनी छिमेकमा रहेका गरिब बालबालिकाको रेखदेखको काम पनि गर्थिन्। राजधानी नोम पेनबाट ९० माइलको दूरीमा क्यामपोङ चाम प्रान्तमा रहेको आफ्नो गाउँ जाने उनको धोको थियो। तर उनको उमेर र अन्य थुप्रै कारणले त्यो कठिन भएको थियो।
को हुन् कमेयर रुझ ?
- सन् १९७५-१९७९ मा भएको निर्मम कमेयर रुझ शासनले करिब २० लाख मानिसको ज्यान लिएको थियो।
- पल पटको नेतृत्वको शासनले कम्बोडियालाई मध्ययुगमा लैजान खोजेको थियो। त्यतिबेला लाखौं मानिसहरूलाई सहरबाट फर्किएर कम्युनमा रहन र खेती गर्न बाध्य पारिएको थियो।
- संयुक्त राष्ट्रसङ्घले कमेयर रुझका नेताहरूमाथि ट्राइब्युनल स्थापित गर्न मद्दत गरेको थियो र यसले सन् २००९ मा काम थालेको थियो।
- कमयेर रुझ शासनकालका तीनजना नेतामाथि मात्रै जेल सजाय सुनाइयो।
कम्बोडियन चिन्ड्रेन्स फन्ड नामक स्थानीय गैरसरकारी संस्थाले सन् २००४ यता बुन सेनलाई सहयोग गर्दै आएको छ। उनको भ्रमणको चाँजोपाँजो पनि उसैले मिलाइदिएको हो। त्यसपछि नै उनीहरूले बुन सेनका भाइ र दिदी गाउँमा जीवित नै रहेको पत्ता लगाएका हुन्। करिब आधा शताब्दीपछि बुन सेनले आफ्नी दिदी बुन चिया र कान्छा भाइलाई गत साता भेटिन्।
“मैले मेरो गाउँ धेरै पहिला नै छोडेँ र फेरि कहिल्यै फर्किनँ। मलाई सधैँ मेरा दिदीभाइ मरिसके होलान् भन्ने लाग्यो,” बुन सेनले भनेको बीबीसीले उल्लेख गरेको छ । “मेरी दिदीको हात समाउनु मेरा लागि ठूलो कुरा थियो। पहिलोपटक मेरो भाइले मेरो हात समाएपछि म रुन थालेँ।” कमेयर रुझ शासनकै बेला बुन चियाका पनि श्रीमान्को मृत्यु भएको थियो। १२ सन्तानकी आमा उनी विधवा भइन्। उनलाई पनि आफ्नी बहिनी मरिसकी होली भन्ने लागेको थियो।
“पल पटले हाम्रा १३ जना आफन्तहरू मारेका थिए र हामीलाई दिदीलाई पनि मारे भन्ने लागेको थियो। यो धेरै समयअघिको कुरा हो,” उनले भनिन्। लामो समयपछि भेटेका दिदीबहिनी एकअर्कासँग समय बिताइरहेका छन्। यो साता उनीहरूले राजधानी सँगै घुमे। बुन चियाले भनिन्: “कुरा गरिरहे पनि बहिनीलाई देख्न पाइएला भनेर कहिल्यै पनि लागेको थिएन।” बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ: फोटो फिचर
कात्तिक २३, २०८१ शुक्रबार
गुह्वेश्वरी पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजाः फोटोफिचर
कात्तिक २२, २०८१ बिहिबार
खोकनाका किसानलाई धान भित्र्याउन चटारो [ फोटो फिचर ]
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार