पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै : स्थानीयद्धारा माडी बन्द
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार १८:३:४९
१२ फागुन चितवन । आमरण अनशनमा छ दिनदेखि बसिरहनुभएका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । पौडेल विभिन्न माग राख्दै फागुन ७ गतेदेखि अनशनमा बसेका थियो ।
अनशनका क्रममा उन्को स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा उहाँको शरिरमा अक्सिजनको मात्रा घट्दै गएको र मुटुको चाल बढ्दै देखिएको थियोे । वडाध्यक्ष पौडेलको स्वास्थ्य गम्भीर बनेपछि आज बिहान भरतपुर अस्पतालमा ल्याइ सघन उपचार कक्षमा उपचार भइरहेको डा तिवारीले जानकारी दिए ।
यसैबीच अनशनरत पौडेलको माग सुनुवाइ नभएको भन्दै स्थानीयले आज माडी बन्द गराएका छन् । माडी हुँदै सदरमुकाम चल्ने सवारीसाधन र त्यहाँका बजार ठप्प भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ पुन संशोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने र उत्तरी सिमानामा पर्ने रिउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग रहेका छन् ।
यस्तै लागत तथा उत्पादनको आधारमा बालीको क्षतीपूर्तिको व्यवस्था गरिनुपर्ने, कसरादेखि वनकट्टा साथै बगहीदेखि बाँदरझुलासम्म बाटो पूर्णरुपमा स्तरोन्नति गरी चौबिसै घण्टा आवतजावतको व्यवस्था गरिनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको केन्द्रका रुपमा विकास गर्न विशेष योजना ल्याइनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने माग वडाध्यक्ष पौडेलको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार