उद्योगी व्यवसायीलाई चुनाव लाग्यो, ढकाललाई चुनाव जित्न फलामको चिउरा चपाउनु सरह
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार १८:२२:५३
१२ फाल्गुण, काठमाडौं । देशका उद्योगी व्यवसायीहरुको सशक्त संगठन नेपाल उद्योग वाणिज्य महासंघको बहुप्रतिक्षित साधारणसभा आगामी चैत २८ र २९ गते काठमाडौंमा हुने भएको छ । महासंघ अध्यक्ष भवानी राणाको अध्यक्षतामा बसेको कार्यकारिणी बैठकले साधारणसभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय गरेको हो । राणाको नेतृत्वमा बसेको यो अन्तिम कार्यकारिणी बैठक हो ।
महासंघको विधानमा केन्द्रको निर्वाचन हुनुभन्दा दुई महिना अघि नै प्रदेशको निर्वाचन गर्नुपर्ने प्रावधान भएपनि अब केन्द्रको निर्वाचन पछि मात्र प्रदेशको निर्वाचन हुने भएको छ । महासंघको अन्तिम कार्यकारिणी बैठकले विधान संशोधनको जिम्मा भने नवनिर्वाचित कार्यसमितिलाई दिने निर्णय गरेको छ ।
महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै स्वत अध्यक्ष हुनेछन् । तर साधारणसभाको रोचक पक्ष भने वरिष्ठ उपाध्यक्षमा हुने भाले भीडन्तलाई लिइएको छ । हालको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वत अध्यक्ष हुने भएकोले यो पदमा दुईजना हेभिवेटको प्यानलसहितको चुनावी सरगर्मी रोचक बन्दै गएको हो । वरिष्ठ उपाध्यक्षका लागि जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधान र एशोसियट उपाध्यक्ष चन्द्र ढकालले यसअघि नै उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । उद्योगी व्यवसायीलाई अहिले चुनावी माहोलले तताएको छ ।
यो साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्यहरुको निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षसहितको पदाधिकारी र सदस्यमा दुई गुटमा विभाजित भएर उद्योगी व्यवसायीहरु चुनावमा होमिने भएका छन् । एउटा गुटको नेतृत्व किशोर प्रधानले गर्दैछन् भने अर्को गुटबाट चन्द्र ढकाल अघि सरेका छन । प्रधान गुटबाट जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठको चर्चा चलेको छ भने ढकाल गुटबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारी र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठको चर्चा हुने गरेको छ ।
तर दुवै गुटबाट एशोसिएट उपाध्यक्षमा कसलाई उठाउने भन्ने निर्णय भईसकेको छैन् । उद्योगी व्यवसायीहरु दुई गुटमा बाँडिएर चुनाव लड्न कस्सिएपछि महासंघको राजनीति थप पेचिलो बन्दै गएको छ । प्रधान गुटलाई शेखर गोल्छा लगायत मारवाडी समुहको सर्मथन प्राप्त भएकोले ढकाललाई चुनाव जित्न फलामको चिउरा चपाउनु सरह हुने उद्योगी व्यवसायी बीच चर्चा हुने गरेको छ ।
दुवै गुटले जिल्ला नगर, एशोसिएट र वस्तुगत सदस्यहरु आफ्नो पक्षमा पार्न दौडधुप तेज पारिरहेका छन् । सधैं निर्णायक हुने गरेको जिल्ला नगरका सदस्यहरुलाई आआफ्नो पक्षमा पार्न वरिष्ठ उपाध्यक्ष लगायतको टोली अहिले जिल्ला जिल्लामा आयोजित मेला महोत्सव लगायतका कार्यक्रममा पुग्ने गरेका छन् । एशोसिएटलाई आफ्नो पक्षमा पार्न दुवै गुटबाट प्रोक्सी मत संकलन गर्ने होडबाजी पनि चलिरहेको छ ।
महासंघमा तीन प्रकारका सदस्य छन् । एउटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघ, दोस्रो वस्तुगत संघ र तेस्रो एशोसिएट सदस्य । महासंघको ७७ जिल्लाको ११२ जिल्ला तथा नगर उद्योग बाणिज्य संघ छन् र यी सदस्यहरुको मतको कुलभार ५० प्रतिशत हुनेगर्छ । त्यस्तै वस्तुगत र द्धिराष्ट्रिय उद्योग बाणिज्य संघमा १ सय २ सदस्य छन्, उनीहरुको मतभार २० प्रतिशत र एशोसिएटमा ९ सय ३२ सदस्य छन्, उनीहरुको मतभार ३० प्रतिशत हुने गर्छ । बिगतदेखि नै जिल्ला नगरमा जसको पल्लाभारी हुने गर्छ, त्यसैलाई चुनाव पनि जित्न सजिलो हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार