कोहलपुरमा ‘सिकेलसेल ल्याब’ स्थापना गरिँदै
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार १८:५०:१९
१२ फागुन काठमाडौं । थारू समुदायमा समस्याका रूपमा रहेको सिकलसेल एनिमिया उन्मूलनका लागि बाँकेको कोहलपुरमा ल्याब स्थापना गरिने भएको छ ।
कोहलपुर नगरपालिकामा स्वास्थ्य मन्त्रालयको रु तीन करोड ३१ लाख १० हजार बजेटमा सिकलसेल एनिमिया जाँचका लागि ल्याब स्थापना गरिँदैछ । सिकलसेलको पहिचान, नियन्त्रण र उन्मूलनका लागि ल्याब स्थापना गर्न स्वास्थ्य मन्त्रालयको विशेष अनुदानमा नगरपालिकाले ल्याब स्थापना गर्न लागेको हो ।
गत वर्षदेखि नै ल्याब स्थापनाका लागि कसरत गरेको नगरपालिकाले यो आर्थिक वर्षमा पहिलो किस्तास्वरुप रु एक करोड १० लाख बजेटसमेत प्राप्त गरेको छ । नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारूका अनुसार स्वास्थ्य मन्त्रालयले यो आर्थिक वर्षमा रु एक करोड १० लाख बजेट उपलब्ध गराएको हो । उपप्रमुख थारूले सिकलसेल एनिमिया रोगको जाँच गर्ने मेसिन नहुँदा रोगको पहिचान गर्न समस्या भएपछि कोहलपुरमै ल्याब स्थापनाका लागि बजेटको माग गरेको बताइन् । उनले भनिन्, “स्वास्थ्य मन्त्रालयले यसै आर्थिक वर्षका लागि बजेट उपलब्ध गराएको छ, केही सयमभित्रै ल्याब स्थापनाको काम शुरु हुन्छ ।” थारू समुदायको बाहुल्य रहेको कोहलपुरमा सिकलसेल जाँचको ल्याब स्थापना भएसँगै रोग नियन्त्रणमा सघाउ पुग्ने विश्वास गरिएको उपप्रमुख थारूले बताए ।
थारू जातिमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलेसेल एनिमिया सबै समुदायमा देखिएको भए पनि थारू समुदायमा बढी छ । अझ थारू समुदायमा बिटा थालेसिमियाबाट धेरै व्यक्ति आक्रान्त भएका छन् । रोगका कारणबारे थाहा नहुँदा भ्रममा परी झारफुक, गुरुबा तथा अन्य चिकित्सकीय उपचारमा रुमल्लिएर कतिले ज्यानसमेत गुमाउनु परेको छ । वंशाणुगतरूपमा लाग्ने यी सबै रोग विवाहपूर्व केही सावधानी अपनाउन सकेमा पूर्णरूपमा निर्मूल गर्न सकिन्छ । थारू समुदायमा वंशाणुगतरूपमा देखिएको सिकलसेल एनिमियाको जाँच गर्नका लागि कोहलपुरमा ल्याब स्थापना हुने भएपछि कर्णालीसहित दाङदेखि बाँके र बर्दियासम्मका नागरिकले सेवा पाउनेछन् ।
नगरपालिकाले गत वर्ष कोहलपुुर नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत थारू समुदायका एक हजार ३५२ जना बालबालिकाको रगतको नमूना जाँच गरेको थियो । जाँचका क्रममा १३२ जना बालबालिकामा सिकलसेल एनिमिया रोगको लक्षण पाइएको उपप्रमुख थारूले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार