राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक राखिने
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार १९:५:२८
१२ फागुन काठमाडौं । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको सालिक राखिने भएको छ ।
सोही ठाउँमा निर्माणाधीन अमरसिंह पदमार्गछेउ सालिक राख्न निर्माणको काम शुरु भएको हो । आगामी चैत १४ गते कर्णेल उजिरसिंह थापाको २२४औँ स्मृति दिवसका अवसरमा सालिक अनावरण गरिने सात सय बगाले थापा समाज मल्मका केन्द्रीय प्रतिनिधि छुमबहादुर थापाले जानकारी दिए ।
“जगसहित अरू संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ”, थापाले भने । सालिक निर्माणका लागि बगाले थापा समाज बेलायतबाट नगद रु एक लाख ७० हजार सहयोग प्राप्त भएको थियो ।
सात सय बगाले थापा समाज मल्मले सानोखोला–बगाले थापा कूल मन्दिर–राम्चेढुङ्गा हुँदै पर्यटकीय लेक घुम्टे जोड्ने अमरसिंह पदमार्गको निर्माणलाई पनि गति दिएको छ । समाजको आयोजना र बगाले थापा क्षेत्री समाज धवलागिरिको समन्वयमा आगामी चैत १३ र १४ गते कर्णेल उजिरसिंह थापाको स्मृति दिवससहित विविधि कार्यक्रम गरिँदैछ ।
उक्त कार्यक्रममा देशभरबाट बगाले थापाका प्रतिनिधिहरुको मल्ममा जमघट हुने जनाइएको छ । सो अवसरमा नेपालको राष्ट्रिय स्वाधीनताको रक्षामा बगाले थापाले पु¥याएको योगदानमाथि विद्वानबाट कार्यपत्र प्रस्तुतिसहित बहस कार्यक्रम हुँदैछ ।
कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले विसं १८७१–१८७२ मा बुटवलको जीतपुरगढीमा भएको युद्धमा अङ्ग्रेज सेनालाई पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार