डोनाल्ड ट्रम्प भारत पुगे, मोदीले अङ्कमाल गरेर स्वागत गरे
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार १९:२४:५०
१२ फागुन एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुजरातको राजधानी अहमदाबाद आइपुगेका छन् । राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबाद एअरपोर्ट पुगेका थिए । ट्रम्पसँगै अमेरिकाकी फस्र्ट लेडी मेलानिया ट्रम्प र छोरी इभान्का पनि भारत भ्रमणमा आएका हुन् ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत आइपुगेका हुन् । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् । दुई देशका प्रमुखबीच व्यापारिक सम्भौता हुने बताइएको
छ । यही कारण ट्रम्पको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । ट्रम्पले अहमदाबादमा रहेको मोटेरा स्टेडियममा भारतीय नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ट्रम्पलाई स्वागत गर्ने क्रममा मोदीले ट्रम्पलाई अङ्कमाल गरेका थिए । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै ‘अतिथि देवो भवः’ भनेका छन् ।
अहमदाबाद शहर कुनै सैनिक अड्डा जस्तो देखिएको छ, सबैतिर बर्दीमा तैनाथ सैनिक देख्न सकिन्छ । सडकमा पनि सुरक्षाबलको गाडी दौडिरहेको छ । सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
ट्रम्प र मोदीबीच हुने बैठकलाई लिएर सबैको ध्यान केन्द्रित भएको छ । यी दुई देशका प्रमुखबीच केही महत्त्वपूर्ण विषयमा सम्झौता हुनसक्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार