मदिरारहित समाज निर्माणमा देवघाट
नेपालबहस संवाददाता
फागुन १२, २०७६ सोमबार २०:५:२८
१२ फागुन काठमाडौं । तनहुँको देवघाट गाउँपालिकाले ‘मदिरारहित समाज निर्माण’को अभियानमा जुटेको छ । यसका लागि गाउँपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रममा लागेको हो ।
गाउँपालिकाले विभिन्न वडामा स्थानीयवासीलाई भेला गराई मदिरा व्यवस्थापन तथा लागुऔषध नियन्त्रणका विषयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । लागुऔषधको प्रयोग तथा बिक्री वितरणले मानिसको स्वास्थ्य बिग्रनुका साथै धन सम्पत्तिको समेत क्षति हुने भएकाले यसको नियन्त्रणका लागि पहल कदमी थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए ।
मदिरा व्यवस्थापनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरी सभ्य पालिकाका रुपमा यो गाउँपालिकालाई विकास गर्ने उद्देश्यले अभियान शुरु गरिएको उनले बताए । घरमा आउने अतिथि पाहुनाहरुलाई मदिराको अलावा दूध, दही, फलफूल र चियाले स्वागत गर्ने बानी बसाल्न आग्रह गरिएको उनले जानकारी दिए ।
गाउँपालिकाका सबै वडामा मदिरा व्यवस्थापनसम्बन्धी सचेतना जगाउने कार्यक्रम सञ्चालन गरी विभिन्न टोल विकास संस्थाहरुलाई सक्रिय बनाई सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रममा देवघाट इलाका प्रहरी कार्यालयका प्रमुख उज्वलराज सिलवालले मदिरा व्यवस्थापन र लागुऔषधको कारोबार तथा प्रयोग गरेमा हुने सजायका बारेमा सचेत गराएको बताए । देवघाट घण्टाचुली पर्यटन क्षेत्रका अध्यक्ष खड्का आलेले नमूना गाउँपालिका बनाउनका लागि सबै तह र तप्काबाट लागिपरेको हुँदा यो अभियान सफल हुने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार